प्रधानमन्त्रीले माघ ८ गते के ल्याउनुहुन्छ मलाई थाहा छैनः गगन थापा बालुवाटारको छलफल देखाउनका लागिमात्रै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बालुवाटारको छलफल देखाउनका लागिमात्रै
काठमाडौं, पुस १२ - कांग्रेस युवा नेता गगन थापाले माघ ८ मा संविधान नबन्ने दाबी गरेका छन् ।
एमाओवादी विधि र प्रक्रियामा जान दिन्नँ भनेर लम्पसार परेको अवस्थामा संविधान आउन नसक्ने गगनको तर्क छ । 'संविधानसभाको एउटा ठूलो पार्टी नियमै पालना गर्न दिन्नँ, हलचल नै गर्न दिन्नँ भनेर लम्पसार परेको अवस्थामा नियम पालना गरेको अवस्था रहेन,' गगनले ईकान्तिपुरसित भने, 'नियम पालना नभएको अवस्थामा माघ ८ गते संविधान बन्न सक्दैन ।'
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा संविधान जारी गर्ने दोहोर्याइरहँदा थापाले भने पत्याएनन् । 'प्रधानमन्त्रीले ल्याउँछु भन्नुभएको छ के ल्याउनुहुन्छ मलाई थाहा छैन,' उनले भने, 'अब प्राविधिक कारणले पनि माघ ८ मा संविधान बन्दैन ।'
थापाले माघ ८ मा संविधानको पहिलो मस्यौदा भने बनाउन सकिने धारणा राखे । 'संविधानको पहिलो मस्यौ जनताको परामर्शका लागि यसलाई जारी गर्यौं र जनताको घरमा पुर्यायौं भने त्यो अधिकतम सफलता हो,' उनको भनाइ थियो ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले समयमै काम नसक्दा संविधान जारी गर्न बिलम्ब भएको गगनको भनाइ छ । 'बाबुरामजीको समितिले मिलेका कुरा मिलेका र नमिलेका कुरा नमिलेका भनेर पठाएको भए हुन्थ्यो,' उनले भने ।
नियम मिच्न पाइँदैन
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नियमावली संशोधन र कार्यतालिका छोट्याएर संविधान जारी गर्न सकिने भनाइप्रति गगनको असहमति छ । 'हाम्रा नेताहरुमा सहमति भयो भने प्रक्रिया केही होइन, मिच्न सकिन्छ भन्ने कुरा स्थापित भएको छ,' उनको सल्लाह छ, 'संविधानसभाको सन्दर्भमा त्यो गर्नुहुँदैन ।'
प्रमुख चार पक्षबीच सहमति भए पनि प्रक्रियामा जानुको विकल्प नभएको थापाको भनाइ छ । 'संविधानसभाबाट सर्वसहमतिमा संविधान बन्दैन । किनभने, यहाँ राप्रपा नेपाल पनि छ, जनमोर्चा नेपाल पनि छ,' उनले भने, 'कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाबीच सहमति भयो भने त्यो संविधानसभामा जानैपर्छ किनभने त्यसमा राप्रपा नेपालले विमति राख्न पाउनुपर्छ । र, त्यो विमति पारित नभएको अवस्थामा स्वीकार गर्न पाउनुपर्छ । जनमोर्चा संघीयता मान्दिन भनिरहेको छ उसले प्रस्तावकोरुपमा त्यहाँ लिएर जान पाउनुपर्छ ।'
बालुवाटारको छलफल देखाउनका लागिमात्रै
गगनले बालुवाटारमा भएका छलफल 'देखाउनका लागिमात्रै' भएको टिप्पणी गरे । 'बालुवाटारमा अहिले भइरहेका छलफल पनि देखाउनका लागि भएको हो । हामी बसिरहेका छौं, छलफल गरिरहेका छौं भन्नका लागि गरिएको हो । टुंग्याउने, मिलाउने गरि छलफल भएकै छैन,' उनको ठम्याइ छ ।
सत्ता चाहिएको भए खुलेर कुरा गर
गगनले सत्तासाझेदारीका कारण कुरा नमिलेको भए खुला दिलले छलफल गर्न शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । 'अहिले विवादित विषयको समाधानसँगै पावर सेयरिङको कुरा पनि आइरहेको छ । त्यसो हो भने लुकाएर किन बस्ने ? हामी संविधान जारी भएपछि तीन वर्षका लागि नयाँ सरकार त बनाउने नै हो भने सरकारमा नभएका दलहरुसँग पनि खुलेर कुरा किन नगर्ने ? अलिनो पनि खान्न, नुनको ढिक्का पनि फोर्दिन भन्नुभन्दा खुलेर कुरा गरौँ,' उनले भने, 'संविधान जारी भएपछि को राष्ट्रपति हुने, को प्रधानमन्त्री हुने खुलेर कुरा गरौँ ।'
दलहरुका विवाद सैद्धान्तिक नभएको बताउँदै उनले समूदायको नाममा ढिला भएको बताए । 'कांग्रेसका थारु सभासद्हरुले दाङलाई कैलाली र कञ्चनपुरबाट छुट्याउनुहुन्न भन्नुहुन्छ, गैरथारु सभासदहरु अखण्ड सुदूरपश्चिम भनिरहनुभएको छ । यो कुनै पनि सैद्धान्तिक विषय होइनन् । यो सिद्धान्त र विचार होइन समूदायको कुरा हो,' उनको धारणा छ ।

###
0 comments
Write Down Your Responses