हिजो छुटेका सीके राउत आज फेरि पक्राउ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
महोत्तरी, पुस १४ - स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत फेरि पक्राउ परेका छन् । महोत्तरी प्रहरीले हिजो दिउँसो उनलाई पक्राउ गरेर साँझ छाडेको थियो ।
आज धरपकडका क्रममा राउतसहित १९ जना पक्राउ परेका हुन् । जलेश्वर नगरपालिका चोकनजिकै आमसभाको तयारी गरेको स्थानमा प्रहरीले हस्तक्षेप गरेपछि भएको धरपडकमा राउत समातिएका हुन् ।
हिजो प्रहरीले उनलाई गठबन्धनका स्थानीय नेता सुरेन्द्र पाण्डेको जिम्मामा राउतलाई छाडेको थियो ।
राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा पक्राउ
परेका राउत ५० हजार धरौटी बुझाएर अघिल्लो हप्ता मात्रै छुटेका हुन् ।
विशेष अदालतले असोजमा धरौटीमा रिहा गर्न ओदेश दिए पनि धरौटी नबुझाएकाले उनी एक महिना भन्दा बढी समय जेल बसेका थिए ।
![]() |
| फोटो फाइल |

###

0 comments
Write Down Your Responses