टेकबहादुर बने बङ्गुरपालनबाटै करोडपति
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
इलाम: पूर्वी इलामका युवा बङ्गुरपालनलाई व्यवसाय बनाएर आर्थिक उन्नति गर्न सफल भएका छन् । बङ्गुुरपालनबाटै करोडपति बनेका युवाले विदेशभन्दा स्वदेशमै सीप प्रयोग गरेर देखाएका छन् ।

सूर्योदय नगरपालिका–५ केराबारीका किसान टेकबहादुर राईले साङ्पाङ बङ्गुुर फार्म सुरु गरेको पाँच वर्षमात्र भएको छ । उनले हालसम्मको अवधिमा करिब १ करोड २० सम्पत्ति आर्जन गरिसकेका छन् ।


फोटो :फाइल फोटो
 उन्नत जातको बङ्गुुरपालन गरेर पाठापाठी बेच्ने लक्ष्यसहित सुरु गरिएको बङ्गुुर फार्मबाट हाल वार्षिक रु ४० लाखसम्म आम्दानी लिन उनी सफल भएका छन् ।  जागिरका लागि राजधानी गएका उनले आफ्नै गाउँमा आएर यो व्यवसाय सञ्चालन गरेका हुन् ।


सुरुमा स्थानीय सहकारीमार्फत रु ४० हजार ऋण लिएर सुरु गरेको व्यवसाय विस्तार भएर हाल ६० माउ र करिब डेढ सय हाराहारीमा पाठापाठी रहेका छन् । यस्तै जिल्ला कृषि विकास कार्यालयमार्फत युवा स्वरोजगार कार्यक्रमबाट रु ६२ हजार पाएका उनले थप फार्म विस्तारमा लगाएका छन् ।

चार हजारदेखि रु छ हजारसम्ममा पाठापाठी बिक्री गर्ने गरेका राईले नौ, दश मन (३६० किलोदेखि ४०० किलो) सम्मको बङ्गुुर उत्पादन गरी बिक्री गर्ने गरेका छन् । उनले पालेको एउटा बङ्गुुर रु ७० हजारमा बिक्री भएको छ ।

फोटो :फाइल फोटो
हेमसार, योगसार, ड्युरोक जातका उन्नत बेलायती बङ्गुुरपालन गर्दा प्रशस्त आम्दानी लिन सकिने किसानको अनुभव छ । टेकबहादुरले पछिल्लो समय वैदेशिक रोजगारीमा जान लागेका युवालाई सकेसम्म विदेश नगई नेपालमै कुनै व्यवसाय गरेर जीवन चलाउन सहज हुने सल्लाहसमेत दिने गरेका छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z