भारतमा आठ नेपालीको जलेर मृत्यु, मृत्युको खबरले सिंगो गाउँ शोकमग्न
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष १३ । भारतको मुम्बइस्थित भिवन्डी सहरमा रहेको एक काठ गोदाममा आगलागी हुँदा आठ नेपालीको जलेर मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे अचानक लागेको आगोले जलेर अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
ज्यान गुमाउनेमध्ये गौरी चौहान, गणेश चौहान, मुन्नीलाल अहिर, मुरली मुराउ र सयल रैदास एउटै गाउँ कपिलवस्तुको कुशहवा–५ सतभराका हुन् ।
तिलकराम, अजय र नीरज भने कपिलवस्तुकै अर्को गाउँका हुन् । ज्यान गुमाउनेमा दाजुभाइ समेत छन् । सख्त घाइते भएका विनोद अहिर, बुढे लोनिया र तितरे लोध पनि सतभरा गाउँकै हुन् ।
दुर्घटनाको खबरले पुरै गाउँ शोकमग्न भएको छ । आर्थिक अवस्था कमजोर भएका उनीहरु रोजगारीका लागि त्यहाँ गएका थिए । उनीहरु ज्यालादारी गर्दै आएका थिए ।
मुम्बईबाट १५ किलोमिटर टाढाको भिवन्डी सहरमा रहेको औसतस्तरको काठ गोदामको सानो झुप्रोमा सुतिरहेका बेला अचानक लागेको आगोमा उनीहरु जलेको मुम्बईस्थित नेपाली श्रमिक युनियनका अध्यक्ष मास्टर थापाले जानकारी दिएका छन् ।
असुरक्षा र लापरबाहीका कारण काठ गोदामा आगलागी भएको मुम्बई प्रहरीले बताएको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार मृत्युको खबर सुनेपछि केही आफन्तहरु शनिबारै मुम्बई तर्फ लागेका छन् ।
सीमावर्ती गाउँ सतभराका ७०÷८० जना रोजगारीका लागि भिवन्डीमा रहेको र उनीहरु सबै त्यहाँ कवाडी, हजाम र अन्य काम गर्दै आएका छन् ।

###
0 comments
Write Down Your Responses