दाहालले भने–‘हामीलाई फुटाएरै सिध्याउन खोजियो’ (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ११ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकम दाहालले १० वर्ष युद्ध गरेको पार्टी एकपछि अर्को गर्दै टुक्रिँदै जाँदा पार्टीको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।


१ सय २१औं माओवादी जयन्तीको अवसरमा शुक्रबार पार्टी मुख्यालयमा कोटेश्वरमा भएको कार्यक्रममा दाहालले युद्धकालमा हत्या गरेर माओवादी सिध्याउने कोसिस गरिएको र अहिले पार्टी फुटाएर आफूहरुलाई समाप्त पार्न लागिएको गुनासो गरे ।

टुक्रा–टुक्रा भएका सबै माओवादीबीचको एकताबाट मात्रै विगतको लक्ष्य पूरा हुनसक्ने भन्दै उनले सिँगो माओवादीलाई एकताबद्ध हुन आग्रह गरे ।

अब फेरि छापमार युद्ध गर्नुको औचित्य नहुने भन्दै दाहालले माओवादीसहित सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने अभियान सुरु गर्नुपर्ने बताए ।


###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z