जर्बजस्ती गर्न खोजे प्रतिवाद हुन्छ : दाहाल (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेले जबर्जस्ती रुपमा संविधान जारी गर्न खोजे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले राजधानीमा बुधबार गरेको पत्रकार सम्मेलनमा दाहालले संविधानसभाको विश्वव्यापी मान्यता र सिद्धान्त विपरित संविधानसभालाई नियमित संसद जस्तो गर्न खोजिए मुठभेड हुने चेतावनी समेत दिए ।
कांग्रेसभन्दा एमाले चर्को रुपमा प्रस्तुत भएको भन्दै सो अवसरमा दाहालले एमाले अध्यक्ष केपी ओलीले आफूलाई राजसंस्थाको ठाउँमा उभ्याउन खोजेको आरोप पनि लगाए ।
कार्यक्रममा ३० दलीय गठबन्धनले कांग्रेस र एमालेले अग्रगामी राजनीतिक शक्तिहरुको सहयात्रालाई छोडेर मुलुकलाई फेरि द्धन्द्धतिर धकेल्न खोजेको आरोप लगाएको छ ।

###
0 comments
Write Down Your Responses