यस्तो चर्तिकला देखाउंथे जंगबहादुर राणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ९ । नेपालको राणाकालीन शासन इतिहाँसका जंगबहादुर राणा उनको शासनकालभर चर्चामा रहिरहे । हिजोआज पनि जंगबहादुरको चर्चा नेपाली गाउँसमाजमा उत्तिकै हुने गर्छ । बुढापाकाहरुले पनि कुनै जवान युवालाई हौसला दिनुपरे ‘जंगबहादुर जस्तो बन’ भन्ने गर्छन ।
‘जंगबहादुर ज्यूँदै बाघ समात्थे रे’, धरहराको टुप्पोबाट हाम फाल्थे रे, वाढी आएको बागमतीमा हाम फाल्थे रे’ भन्ने चर्चा अझै पनि गाउँघरमा सुन्ने गरिन्छ ।
जंगबहादुर राणाका छोरा पद्यम जंगबहादुरले आफ्ना पिताको डायरीको आधारमा लेखेको पुस्तक ‘लाइफ अफ महाराज सर जंगबहादुर’मा अनेकौं चर्चिकलाहरु उल्लेख गरेका छन् ।
जंगबहादुर घोडचढीका सौखिन थिए । सैनिक परिवारमा जन्मेकाले होला सानैदेखि उनलाई पठनपाठनतीर भन्दा बन्दुक, युद्ध, घोडचढी, खेलकुद आदिमै ध्यान दिने गर्थे ।
त्यसैले उनी जहाँ जाता पनि घोडामै सवार हुन्थे । जहाँ पुग्थे शिकारकै तानाबाना मिलाउथें । अनि गोला बारुद र बन्दुकको जानपहिचानका लागि लागिरहन्थे । उनले बम्बईबाट ३० वटा अरब जातका घोडा मगाएका थिए । ती घोडाहरु १८४९ फेब्रुअरी १६ को साँझ काठमाडौं ल्याइपुर्याएका थिए ।
ती मध्ये एउटा रणोद्धिप सिहं र एउटा जगत शमसेरलाई दिएका थिए । वेलायत यात्रामा जाँदा उनी घोडचढी हेर्न पिकाडिलीमा पुगेका थिए उनलाई एउटा घोडा निक्कै मनपरयो । उनलाई घोडा मन परिहाल्यो अनि तीनसय गिनिजमा घोडा किनिहाले ।
‘इप्सन रेसेस’ मा सहभागी भई घोडा रेस हेरिरहेका बेला एकजना अंग्रेजी भलाद्यमीले जंगलाई सोधे ‘महासय’ तपांइ भन्नसक्नुहुन्छ कुन घोडाले रेस जित्ला ?’ उनले भनिदिए, ‘भाल्टिजेन्ट’ । नभन्दै भाल्टिजेन्टले रेस जित्यो ।
यतिमात्र होइन उनी १८५३ मे २६ को गर्मीको दिन बद्रीनाथ दर्शन गरेर फर्कने क्रममा उनले सिमाना देखि काठमाडौंसम्म १ सय ९ माइलको यात्रा लगातार घोडामा गरेका थिए । यस क्रममा उनले १२ वटा घोडा बदलेका थिए ।
जंगबहादुरको राजनीतिक चर्तिकला पनि उत्तिकै चाखलाग्दा छन् । राणा शासनकै बेला जब राजा, रानी र राजकुमारले तीनथरी शासन चलाउन थाले तब दरवार षडयन्त्रको मुकाम बन्न पुग्यो । यसै क्रममा भीमसेन थापाको दुःखत अन्त्य भयो र माथरवरसिंह थापा प्रधानमन्त्री बनाइए । उनको मन्त्रीपरिषद सदस्यमा जंगबहादुर पनि थिए ।
त्यसैक्रममा दरबारको जग्गा कमाउने किसानहरुले तुसारोको कारण बाली नष्ट भएकाले त्यस बर्षको तिरो/मालपोत मिनाहाका निम्ति मन्त्रिपरिषदमा निवेदन दिएका थिए । तर प्रधानमन्त्रीले त्यस्तो गर्न नसकिने बताए पछि जंगले त्यसको विरोध गरेका थिए ।
अनि मामा–भाञ्जा अर्थात माथवर र जंगबहादुरबीच चर्को भनाभन चल्यो । मामाले भने–‘तिमी खाली विवाद गर्छौ । यस्तो गरिमामय सभाको खिलापमा बोल्ने साहस तिमीलाई कसरी आयो ?’ प्रत्यूत्तरमा जंगले भने–‘यो निर्णय एकदमै केटाकेटी भयो । मलाई केटाकेटी नठान्नुहोस ।’ अनि यसमा राजा र राजकुमारले पनि जंगको पक्ष लिएपछि माथवरको मुख बन्द भयो ।
अनि भान्जालाई मन्त्रिपरिषद सदस्यबाट हटाउने षडयन्त्र रच्न थाले । दरबारको हर्ताकर्ता बनेकी कान्छी महारानी लक्ष्मीदेवीबाट लालमोहर लगाएर जंगलाई राजकुमार सुरेन्द्रको स्टाफका रुपमा सरुवा गरिदिए ।
मामा–भान्जीबीच तिक्तता बढ्न थाल्यो । त्यसैबेला जंगका एकजना भतिज देवीबहादुरलाई कान्छी महारानीको चरित्र हत्याको अफवाह फैलाएको भनी दोषारोपण गरी सजायको तानाबान बुनियो । र कान्छी महारानीको इसारामा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट देवीबहादुरलाई फांसी दिने निर्णय गरी राजासमक्ष पठाए ।
तत्काल राजाले त्यसमा लालमोहर लगाएपछि देवीबहादुरलाई फाँसीमा ‘भाचाकोश’ लगियो । तर यो सबै घट्नालाई देखिरहेका जंगले भतिजलाई फांसीबाट जोगाउन सकेनन् । तैपनि उनले मामा मामा माथवरसँग अन्तिम अनुनयविनय गर्ने निधो गरी उनी समक्ष पुगे ।
जंगले त्यसबेला भने–मामाबाट मेरो निर्दोष भतिजको जीवन बचाउनका लागी आश गर्नुबाहेक मसँग के नै विकल्प छ ? मेरो भतिज तपाएईको नी भतिज नै हो । त्यसकारण उनको जीवन बचाइदिनुहोस । यो विन्ती नै जंगबहादुरको नरम विन्ती थियो भनेर नेपाली इतिहासमा चर्चा गरिन्छ ।

###
0 comments
Write Down Your Responses