दुबर्इमा हृदयघातबाट नेपालीको ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडाैं : दुबर्इमा हृदयघातबाट एक नेपाली युवाको शनिबार बिहान ज्यान गएको छ । दुबर्इको मफ्रक सिटीस्थित मिडलईष्ट कम्पनीमा सुरक्षागार्ड गर्दै आएका अर्घाखाँचीका दीपेन्द्र शाही धामीको हृदयाघातबाट ज्यान गएको हो ।
शुक्रबार राति साथीहरुसँगै खाना खाएर सुतेका धामीले विहान १ बजे असहज महसुसर गरेपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । एम्बुलेन्सबाट अस्पताल लाने क्रममा धामीले बाटैमा ज्यान गुमाएका हुन् ।
उनीसँगै कार्यरत हरि श्रेष्ठका अनुसार धामी १५ महिना अघि दुबर्इ आएर सुरक्षागार्डको काम गरिरहेका थिए । उनका परिवार काठमाडौंमा रहेका छन् । ११ महिनाअघिमात्रै उनका पिताको पनि निधन भएको थियो । धामीका पत्नी, एक छोरी, आमा र दुर्इजना भाइ रहेका छन् । धामीको शव पोष्टमार्टमका लागि प्रहरीले अस्पतालमा राखेको छ । -

###
0 comments
Write Down Your Responses