बङ्गलादेशका पूर्वमन्त्रीलाई फाँसीको सजाय
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो ।

बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।

सो मुद्दामा पूर्वमन्त्री सइद मोहम्मद केसरलाई दोषी पाइएकोले फाँसीको सजाय सुनाइएको बङ्गलादेशको राजधानी ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

समाचार अनुसार यसरी बङ्गलादेशमा मृत्युदण्ड पाउने उनी १५ औं व्यक्ति हुन् । उनलाई मङ्गलबार नै अदालतले सो सजाय सुनाएको बताइएको छ ।

उनीमाथि हत्या र बलात्कारको आरोप लागेको थियो । सो आरोप पुष्टि भएपछि मङ्गलबार अदालतले सो सजाय सुनाएको हो । उनीमाथि कम्तीमा पनि १५० व्यक्तिको हत्याको आरोप लगाइएको थियो ।

सो सजाय सुनाउने बेलामा उनीपनि अदालतमा उपस्थित रहेका थिए । ७३ वर्षीय उनी ह्वील चियरमा अदालत पुगेका थिए ।

समाचारमा भनिएको छ– अदालतले सजाय सुनाउने बेला उनको कुनैपनि प्रतिक्रिया आएन र उनले कुनै सङ्कत पनि गरेनन् ।

तर उनका वकिलले भने सो सजायप्रति पुनरावेदन दिने बताएका छन् । उनले भने– यो न्यायपूर्ण छैन, हामी पुनरावेदनमा जानेछौँ ।

वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदको सरकारले सन् २०११ मा सो अदालतको स्थापना गरेको थियो । युद्धका समयमा भएको अपराधको अनुसन्धानका लागि भन्दै सो अदालतको स्थापना गरिएको हो ।

हाल सो अदालतले सो समयमा युद्धअपराध गर्ने १०० भन्दा बढी व्यक्तिको मद्दा हेरिरहेको छ । यसअघि नै १४ जना राजनीति नेतालाई फाँसीको सजाय सुनाइ सकिएको छ ।

केसरले सो समयमा जातीय पार्टीं खोलेर पार्टीमा सशस्त्र दस्ता पनि खडा गरेका थिए । उनले सो समयमा खडा गरेको सो दस्तामा सम्लग्न मिलिसियाले नै हत्या गरेको पाइएको छ ।

उनको नेतृत्वका मिलिसियाले सन् १९७१ को नोभेम्बर १५ मा भारतको सीमा नजिकै पर्ने ब्रम्हाबारिया भन्ने गाउँमा हमला गरी ती व्यक्तिको हत्या गरेका थिए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z