नेट स्लो भएर तनाव दियो ? यसो गर्नुस्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
यदि तपाइँ इन्टरनेट प्रयोग गर्नु हुन्छ र स्लो भएर तनावमा हुनु हुन्छ भने यहाँ नेटलाई फाष्ट गराउने केही उपायको चर्चा गरिएको छ ।


?
राउटर चेक गर्नुस्


तपाइँले वाइफाइ राउटर चलाउनु हुन्छ भने त्यसमा अनेक वत्ति बलिरहेका हुन्छन् । त्यसमा एउटा चाँहि इन्टरनेट कनेक्टिभीटीको वत्ति हुन्छ । यो पत्ता लगाउने सजिलो तरिका घरमा प्रयोग भैरहेका सबै वाइफाइ डिभाइस बन्द गर्नुस् र हेर्नुस् । ल्यापटप, कम्प्यूटर, स्मार्टफोन, स्मार्ट टीवी जस्ता वाइफाइ प्रयोग हुने डिवाइस बन्द गर्दा राउटरका तीन बटा बत्ति निभ्नु पर्छ ।



यसो गर्दा पनि बत्ति निभेन भने बुझ्नुस् तपाइँको वाइफाइ कसैले चलाइरहेको छ । तर कतिपय डिभाइसमा केवल जोडिएको भएपनि यो वत्ति बल्न सक्छ । यदि तपाइँ सबै कनेक्सन टुटाउँदा पनि वत्ति बलिरहेको देख्नु हुन्छ भने तपाइँको वाइफाइ कसैले चलाइरहेको छ । यस्तो चाल पाउनु भयो भने तत्काल वासवर्ड बदल्नुस् । यसो गर्दा तपाइँको नेटको स्पिड बढ्छ ।

अनावश्यक प्रयोग

कतिपय अवस्थामा तपाइँको इन्टरनेटको प्रयोग अनावश्यकरुपमा समेत भैरहेको हुन्छ ।

कम्प्युटरमा अनेक प्रोग्राम्स हुन्छन् जसले नचाहिने तहमा इन्टरनेटको स्पिड प्रयोग गर्छन् । एन्टी भाइरसले सबै भन्दा बढी यस्तो गर्छ । भाइरस स्क्यानिङ नियमित गर्दा पनि इन्टरनेटको स्पिड स्लो हुन्छ ।



वाइफाइ सिग्नल
कतिपय अवस्थामा तपाइँको डिभाइसमा वाइफाइ सिग्नल नपुगेर पनि कहिले काँहि नेट नचल्न वा स्लो हुन सक्छ । यदि वाइफाइ सिग्नल कमजोर देखाएको छ भने मोडेमको स्थान बदल्न सकिन्छ । स्थान बदल्यो भने इन्टरनेटको स्पिड बढी हुन सक्छ ।



केवल नेट

अधिकाँश घरमा वाइफाइबाट इन्टरनेटको प्रयोग हुन्छ । तर नेटको स्पिड भने केवल नेटमा बढी हुन्छ । यदि तपाइँको नेट स्लो छ भने यसलाई केवलको मध्यमबाट बढाउन सकिन्छ ।


राउटर खराव

कहिलेकाँहि राउटर पुरानो भएर वा विग्रेर पनि इन्टरनेट स्लो हुने समस्या हुन्छ । यदि तपाइँले पुरानो राउटर प्रयोग गरिरहनु भएको छ भने यसलाई समय समयमा मर्मत गर्ने वा फेर्नु राम्रो हुन्छ । यसो गर्दा पनि इन्टरनेटको स्पिड बढ्न सक्छ । (shorot nepaliheadlines)

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z