मलेसियामा सुतेकै ठाँउमा सञ्जिपको ज्यान गयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
खोटाङ: वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका खोटाङका एक युवाको सुतेकै ठाउँमा ज्यान गएको छ ।

जिल्लाको उत्तरी गाविस खार्मी–५ का २० वर्षीय सञ्जिप राईको शनिबार राती सुतेकै ठाउँमा ज्यान गएको हो । बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम  तामाङले जानकारी दिए ।

दश महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ ।  मलेसियाको जोहरबारुस्थित ईलेक्ट्रोनिक कम्पनीमा कार्यरत राई काठमाडौंको मोडेल ईन्टरप्राईजेज् कम्पनीबाट गत चैत्रमा मलेसिया पुगेका थिए ।

 उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएका छन् । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z