प्रहरीमा धमाधम राजीनामा ,वार्षिक सवा अर्ब नोक्सान,३ वर्षमा ३५ सयले जागिर छाडे
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसिर २२ – ‘टेन्सन भो हजुर,परिवारलाई समय दिन पनि पाइएन,घरपरिवार नै लथालिंग भो,त्यसैले सेवा छाडेर खेतीपाती गर्छु ।’ दुई वर्षअघि राजधानीमा कार्यरत एक प्रहरी नायब निरीक्षक (सई)ले यसो भनेपछि तत्कालीन प्रहरी महानिरीक्षक ( आईजीपी) कुवेर सिंह राना एकछिन् घोरिए । केहीबेरको मौनतापछि रानाले सम्झाउन खोेजे,‘हतारमा राजीनामा नदेऊ,सोच विचार गर ।’ तर,जति सम्झाउँदा पनि उनी आफ्नो अडानबाट नहटेपछि रानाले बाध्य भएर सईको राजीनामा स्वीकृत गरे ।

 नेपाल प्रहरीमा अहिले पनि दैनिकजसो राजीनामा बुझाउन आउने जुनियर कर्मचारीको अनुरोध योभन्दा भिन्न छैन । यसरी राजीनामा दिएका प्रहरीका कारण राज्यलाई वर्षेनी अर्बौ रुपैयाँ नोक्सान भइरहेको छ । पेन्सन अवधि पूरा गरेर राजीनामा दिनु स्वभाविक भए पनि सेवाप्रबेशको छोटो अवधिमै राजीनामा दिँदा राज्यलाई हरेक वर्ष सवा अर्बभन्दा बढी व्ययभार थपिन्छ । १ कर्मचारीलाई भर्ना मितिदेखि आधारभूत तालिम भई जिम्मेवारी तोकिँदासम्मको अवधिमा हतियार,बन्दोवस्तीका सामान र तलब भक्तामा मात्रै ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ । खराजीनामाका खकारण खाली भएको ठाउँमा भर्ना लिँदा राज्यले पुनः त्यति नै खर्च बेहोर्नुपर्छ । पछिल्ला ३ वर्षयता ३५०० भन्दा बढी प्रहरी कर्मचारीले सेवाबाट राजिनामा दिइसकेका छन् । देशभरका प्रहरी कार्यालयमा कुनै न कुनै कारण देखाएर राजीनामा दिन आउने प्रहरीको संख्या बढ्दो छ,आजको कारोबार दैनिकमा खबर छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z