पाकिस्तानमा पाँच सय बन्दीलार्इ फाँसी दिइने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडाैं : पेशावर सहरको एक विद्लायमा गत हप्ता भएको आततायी हमलामा संलग्न भएको अभियोगमा पाकिस्तानी प्रहरीले दर्जन बढी शंकास्पद ब्यक्तिहरुलार्इ गिरफ्तार गरेको तयहाँको सरकारले जनाएको छ ।

पाकिस्तानका गृहमन्त्री निसार अलि खानले इस्लामावादमा पत्रकार सम्मेलन गरेर गिरफ्तार मानिसबारे जानकारी दिएका हुन् । उनले ती ब्यक्तिहरु पेशावरको विद्यालमा हमलामा सघाउने काममा संलग्न भएको जनाएका छन् ।

तहरिक-ए-तालिवान आतंककारीहरुले पेशावरस्थित आर्मी विद्यालयमा गरेको हमलामा १३२ जना बालबालिकासहित १४१ जना मानिसले ज्यान गुमाएका थिए । गृहमन्त्री चौधरी निसार अली खानले आतंककारीहरुले पुन: अर्को आततायी आक्रमणको तयारी गरिररहेको सूचना प्राप्त भएको पनि जानकारी दिएका छन् ।

गृहमन्त्री खानले पत्रकार सम्मेलनमा बोल्दै फासीको सजाय दिने अभियुक्तहरुको संख्या ५ सय भन्दा धेरै रहेको बताएका छन् । उनले ती सबै बन्दीको अपील समेत खारेज भइसकेको बताएका छन् ।अपिल खारेज भइसकेकाले उनीहरु सबैलार्इ अबका दुर्इ हप्ताभित्र फासी दिइसक्ने उनको भनाइ थियो ।

पाकिस्तान सरकारले फाँसी दिने व्यवस्थमालार्इ पुन: सक्रिय पार्ने निर्णय दुर्इ हप्ताअघि गरेको थियो । पेशावरमा भएको दर्दनाक हमलापछि पाकिस्तान सरकारले फाँसीको सजाय पाएका सबैलार्इ तत्कालै झुण्ड्याउने निर्णय गरेको थियो ।

पाकिस्तानमा सन् २००८ मा फाँसी दिने व्यस्था बन्द गरिएको थियो । पेशावर हमलापछि पाकिस्तान सरकारले ६ जना बन्दीलार्इ फासीमा चढार्इसकेको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z