अष्ट्रेलिया पढ्न जान अब आइएलटिएस गर्न पर्दैन : कृष्ण केसी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
डाइरेक्टर, एएचएलसी
बैदेशिक अध्ययनको लागि विदेश जाने विद्यार्थीमा हाल आइएल्ट्स पास गर्नु पर्ने प्रावधान छ । तर त्यो प्रक्रिया पार नगरि अष्ट्रेलिया अध्ययनको लागि जान पाइन्छ भन्ने दाबी एएचएलसीका डाइरेक्टर कृष्ण केसी गर्छन् । ललितपूरको जावलाखेल स्थित एटिएमसी यूनिभर्सिटीको कोचीङ सेन्टर ‘एएचएलसी’का डाइरेक्टर कृष्ण केसीका अनुसार भर्ना भएपछि त्यो विद्यार्थीले आइएलटिएस लगायतको झन्जट बेहोर्न पर्दैन । केसीसँग गरेको कुराकानीको सम्पादीत अंश
तपाईहरुको कलेज कस्तो कलेज हो ? पृष्ठभूमिसहित बताइदिनुस् न ।
–एएचएलसी भनेको हाइब्रिढ लर्निङ सेन्टर हो । यसको ७५ प्रतिशत कोर्ष अनलाइनमा आधारित छ भने २५ प्रतिशत चाहिं क्लासमा पढाइ हुन्छ । यो कोचिङ सेन्टर खालको हो । यो साढे पाँच महिनाको डिप्लोमा कोर्स हो । डिप्लोमाको सर्टिफिकेट सो सरहको मान्यता हुन्छ यसको । अष्ट्रेलियन कलेजले ‘रिकग्नाइज’ गरिदिएपछि विध्यार्थीहरुले त्यहाँ गएर पढ्न पाउँछन् ।
विध्यार्थीहरु सहभागि हुने प्रक्रिया चाहिं के कस्तो छ ?
यो कोर्स गर्नका लागि विध्यार्थीहरुले प्लस टु पास गरेको हुनुपर्छ । प्लस टुमा कम्तिमा ५० प्रतिशतभन्दा बढी ल्याएर पास गरेको हुनुपर्दछ । अंग्रेजीको टेस्ट लिन्छौं, त्यो पास गर्नुपर्छ ।
भनेपछि यो अरु कन्सल्टेन्सी जस्तो प्रक्रिया होइन ?
होइन, यो एउटा कोचिङ सेन्टरजस्तो हो । अष्ट्रेलिया गएर पढ्नका लागि राम्रो तयारी कक्षा चलाउने हो । पढाइका साथसाथै भिसाको लागि पनि सँगसँगै प्रक्रिया अगाडि बढाउँदछौं । पाँच महिनाको प्रक्रियापछि भिसा उतैबाट एप्लाइ हुन्छ ।
अष्ट्रेलिनयन कुन कलेजसँग हो, तपाईंहरुले सम्बन्ध स्थापित गरेको ?
– एएचएलसी युनिभर्सिटी हो । उनीहरुले हाम्रो लर्निङ सेन्टरबाट कोही पढेर आउँछ भने हामी रिकग्नाइज गर्छौ भनेका छन् ।
krishna kc (2)
तपाईंहरुले गर्ने विल्कूलै नयाँ काम हो ?
–हो, नेपालको लागि एउटा नयाँ कन्सेप्ट हो । यूकेको जस्तो डाइरेक्ट कोर्स पनि होइन यो । एटिएमसी एण्ड फेडेरेशन भन्ने अष्ट्रेलियाका कलेजले हामीले खोजेको कलेज र यहाँ दिने कोर्सलाई रिकग्नाइजेशन गरेका छन् ।
अष्ट्रेलिया जाने विध्यार्थीले त कार्स पास गर्नै प¥यो होइन ?
–हो, पास गर्नैपर्छ ।
तपाईहरु अहिले सुरुवाती चरणमा हुनुहुन्छ । तपाईंहरुको के छ कार्ययोजना ?
–२९ डिसेम्बरबाट क्लास सुरु गर्ने सोचिरहेका छौं । इन्वायरीहरु आइरहेको छ । केही समयअघि हामीले फेयर पनि गरेका थियौं । विध्यार्थीहरुलाई सही तरिकाले ‘यो भनेको नै के हो’ भनेर बुझाउन नै समय लागिरहेको छ । नयाँ भएकोले विध्यार्थीहरुलाई राम्रोसँग बुझाएर सस्तो, राम्रो र छिटोको लागि यो कोर्स गर्न जरुरी छ भनेर काउन्सेलिङ गरिरहेका छौं ।
विध्यार्थीहरुले के कस्तो सहुलियत पाउँछन् त ?
–कुनै पनि विध्यार्थी डाइरेक्ट अष्ट्रेलिया जाँदा त्यहाँ यही कोर्स गर्न एक वर्ष जति लाग्छ । हाम्रोमा साढे पाँच महिनामै त्यो कोर्स सकिन्छ । भनेपछि एकवर्षको समय र त्यसको लागि लाग्ने खर्च पनि कम हुनेभयो यहाँ ।
अहिले अष्ट्रेलिया जाने विध्यार्थीले २० लाख, २२ लाख तिरेको सुनिन्छ । तपाईहरुकोमा पढेर जाँदा चाहिं कति तिरेर जान पाउँछन् त ?
–साढे पाँच महिनाको कोर्स गर्न यहाँ २९ सय यूएस डलर लाग्छ । यही कोर्स गर्न अष्ट्रेलियामा ६ हजार डलर तिर्नुपर्छ । आधा पैसाको नै वचत हुन्छ । त्यहाँ व्याच्लर पढ्न जाँदा चाहिं २०१५ का लागि त्यहाँको युनिभर्सिटीले १० हजार डलर फि पु¥याएको छ । त्यसका अतिरिक्त मेडिकल खर्च लगायत अरु केही खर्च थपिन्छ ।
के कस्ता अप्ठ्याराहरुको महसुस गरिरहनु भएको छ त यो नयाँ कन्सेप्टमा अगाडि बढ्दा ?
–नेपालमा क्लासमै शिक्षकले पढाउने प्रणाली छ । तर हामीले अनलाइनमार्फत् पढाउँदै छौं । अनलाइनबाट पढ्ने सुविधाको व्यवस्थापन पनि हामी आफैले कजेमै गरेका छौं । विध्यार्थीहरुले त्यही बसेर अनलाइनमार्फत् पढ्ने हो । नयाँ कन्सेप्ट भएकोले स्वभाविक रुपमा अप्ठेराहरु त छन् । अहिले हामी सबै तयारी गरिरहेका छौं ।
विध्यार्थीहरुसम्म तपाईंहरुको यो कन्सेप्ट पु¥याउन के के गर्दै हुनुहुन्छ ?
–त्यसैका लागि हामीले फेयर पनि ग¥यौं, अब मिडियाहरुमा पनि जाँदैछौं ।
तपाईंहरुको टार्गेट चाहिं कुन लेवलका विध्यार्थीहरुलाई हो ?
–प्लस टु सिध्याएका विध्यार्थीहरु, जो अष्ट्रेलिया गएर उच्च शिक्षा हाँसिल गर्न चाहन्छन् ।
अष्ट्रेलिया गएर उच्च शिक्षा आर्जन गर्न चाहने आर्थिक रुपले केही कमजोर विध्यार्थीहरुलाई कुनै व्यवस्था छ ?
–अहिले नै त त्यस्तो व्यवस्था गरिएको छैन । आर्थिक रुपमा हामी पनि बलियो भएको खण्डमा आगामी दिनमा त्यस्तो व्यवस्था गर्ने योजना चाहिं छ ।
बार्षिक रुपमा कति जति विध्यार्थीहरुलाई तयार बनाएर अष्ट्रेलिया पठाउने योजना छ ?
–करिब तीनसय विध्यार्थीलाई पठाउने लक्ष्य छ ।
अनलाइनमा चाहिं विध्यार्थीहरुले कसरी पढ्न सक्छन् ?
–अनलाइन गाइड गर्ने एकजना शिक्षक हुनुहुन्छ । अनलाइन विध्यार्थीहरुले वेभसाइट मार्फत् अनलाइन वोर्ड एक्सेस गर्ने हो । कोर्समुताविक बहुस्रोतहरुलाई उपयोग गरिन्छ । र, शिक्षकहरुमार्फत् क्लास प्रिजेन्टेसन पनि हुन्छ । साथमा भिडियोहरु पनि हुन्छ । विध्यार्थीहरुले अष्ट्रेलियन शिक्षकहरुको क्लास प्रिजेन्टेसनको भिडियो हेर्न सक्छन् । रेकर्डेड भिडियो र लाइभ भिडियो दुवै प्रयोग गरिन सकिन्छ ।
यस्तो अभ्यास नेपालमा अरु कसैले गरेको छ कि छैन ?
–नेपालमा छैन । विदेशमा चाहिं यही हिसाबले पढाइ हुने हो । नेपालमा यो सिस्टम पहिलो हो । अष्ट्रेलिया पढ्न जाने विध्यार्थीहरुले कन्सलटेन्सीमार्फत् जाँदा पनि आइएलस् गर्दा र भिसा एप्लाइ गर्दा ६ महिना गजार्ने पर्छ । त्यसरी गएपछि अष्ट्रेलियामा यही कोर्स एकवर्ष पढ्नु पर्छ । यो कोर्स गरियो भने आइएलस् गर्नु पनि परेन, त्यहाँ गएर एकवर्षको कोर्स पनि पढ्नु परेन । यो साढे पाँच महिने कोर्स पढ्दा पढ्दै भिसा पनि एप्लाइ भइसक्छ । त्यहाँ जाने वित्तिकै भर्नाको ग्यारेन्टी हुन्छ । यसरी हेर्दा विध्यार्थीलाई धेरै फाइदा हुन्छ ।
krishna kc (1)
यो कोर्स नगरि जाँदा चाहिं त्यहाँ गएर विध्यार्थीले गर्ने एकवर्षे कोर्स सम्बन्धित कलेजमै गएर गर्छन् कि अन्य ठाउँमा गर्ने हो ?
–कस्तो हुन्छ भने नेपाली विध्यार्थीहरु अष्ट्रेलिया जान थालेको करिब १९ बर्ष भयो । यसक्रममा धेरै विकृतीहरु देखा परे । हल्लाको भरमा विना आधार विभिन्न एजेन्टहरु जाँदा विध्यार्थीहरुले धेरै मार्का व्यहोर्न परिराखेको छ । त्यस्ता घटनाहरु सार्वजनिक पनि भइरहेका छन् । त्यसैकारण हाम्रो यो कलेजले सबै प्रबन्ध यही मिलाएर मात्र विध्यार्थी पठाउँछ । हामीले एक्काइसौैं शताब्दीको पछिल्लो प्रविधिका आधारमा यो कोर्स अध्यापन गराउँदै छौं । सबै भर्ना भएका विध्यार्थीहरुलाई हामीले युजर नेम र पास वर्ड दिन्छौं । उनीहरुले अष्ट्रेलियन विध्यार्थी र शिक्षकसँग पनि अन्तक्र्रियात्मक वातावरणमा पढ्न सक्छन् । हरेक युनिट पढाइसकिएपछि तुरुन्तै परीक्षा हुन्छ, परीक्षा प्रणाली पनि एकदमै व्यवहारिक छ । यहाँको जस्तो वर्षभरि पढेर वर्षको अन्तिममा परीक्षा दिने भन्ने खालको हुँदैन । हामी ग्लोबली नै जाने सोचेका छौं । इण्डिया, थाइलैण्ड, चाइनामा पनि यस्तै लर्निङ सेन्टर खोल्दैछौं ।
अहिले गइरहेका विध्यार्थीहरुले चाहिं के कस्ता समस्याहरु भोग्नु परिराखेको छ त्यहाँ ?
–पहिलो कुरा त उनीहरुले त्यहाँको बारेमा राम्रो जानकारी नै पाएका हुँदैनन् । १२/१५ हजार डलर फि तिर्ने गरी, हतारमा त्यहाँ गएका हुन्छन् । त्यहाँ गएपछि ६ महिनासम्म बाउआमाले फि तिरेका हुन्छन्, ६ महिनापछि घरबाट पैसा पढाएनन् भने उनीहरुले कमाएको पैसाले मात्र फि तिर्न पुग्दैन । कमाइ राम्रै भएपनि खान, बस्न लगायतका दैनिक उपभोग्य वस्तुमा खर्च गर्नुपर्ने हुन्छ । खर्च अभावले गर्दा उनीहरुको पढाइ बीचैमा अबरुद्ध हुन पुग्छ, बाउआमाले गरेको १५÷२० लाख खर्च त्यत्तिकै खेर जान्छ । अष्ट्रेलियामा कसरी काम खोज्ने, के गर्ने भन्ने जानकारी पहिले नै नहुँदा धेरै खाले समस्या झेल्नु परेको देखिन्छ ।
यो कलेजमा लगानी चाहिं कति गर्दै हुनुहुन्छ नि ?
पोखरा र काठमाडौंमा हामी सञ्चालन गर्दै छौं यो लर्निङ सेन्टर । पखरामा एक करोड र काठमाडौंमा दुई करोड लगानीमा सञ्चालन गर्दैछौं । विस्तारै यो खर्च बढ्न पनि सक्छ । हामी जानी जानी विध्यार्थीहरुलाई अष्ट्रेलियाको महंगो कलेजमा हाल्दैनौं । हामीले पनि काम गरेर पढेर आएका हौं । औसतरुपमा नेपालीहरुले पढ्न सक्ने कलेजमा नै हामीले विध्यार्थीहरुलाई पठाउँछौं । अष्ट्रेलियन सरकारले नै हाम्रो यो लर्निङ सेन्टरलाई सकारात्मक रुपमा लिएका कारण हामीले तीनवर्ष अगाडि देखिनै यसको होम वर्कमा लागेका हौं

###
0 comments
Write Down Your Responses