ओबामालाई नेपाल भ्रमणको निम्तो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौ, मंसिर २२ - प्रधानमन्त्री सुशील कोइरालाले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छन् । कोइरालाले सोमबार अमेरिकी राजदूत पिटर डब्ल्यु बोडे मार्फत ओबामालाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा पत्र पठाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बाेडेसँग भएको भेटमा कोइरालाले जनवरीमा ओबामाले गर्न लागेको दक्षिण एसियाको भ्रमणका क्रमममा नेपालमा पनि उनको छोटो भ्रमणका मिलाउन आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा सहभागी हुन गएका बेला भएको ओबामासँगको भेटमा कोइरालाले नेपाल भ्रमणको लागि मौखिक आग्रह गरेका थिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार यसपटक लिखित रुपमा औपचारिक आमन्त्रण गरिएको छ ।
ओबामाको नेपाल भ्रमण भए त्यसले समस्य लोकतान्त्रिक शक्तिहरुलाई नैतिक सहयोग पुग्ने कोइरालाले अमेरिकी राजदूत बोडेसँग बिचार राखेको उनको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा जनाइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई पनि सहभागी थिए ।

###
0 comments
Write Down Your Responses