चमेलियामा ५५ करोडको भ्रष्टाचार, कारबाहीका लागि लेखाबाट अख्तियारलाई निर्देशन
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
व्यवस्थापिका, संसद्को सार्वजनिक लेखा समितिले गरेको छानबिनबाट ५५ करोड घोटला भएको तथ्य खुलासा भएको हो। बुधबार बसेको समितिको बैठकले भेरियशनको नाममा ५५ करोड घोटला भएको ठहर गर्दै थप अनुसन्धान गरी कानुनबमोजिम कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिका सभापति जनार्दन शर्माले आयोजनामा व्यापक अनियमिता देखिएकोले कारबाहीका लागि अख्तियारलाई लेखी पठाउने निर्णय भएको बताए । अब यसबारेमा अख्तियारले छानबिन अघि बढाउने भएको छ।
आयोजनाको सुरु लागत सात अर्ब भए पनि अहिलेसम्म पन्ध्र अर्ब खर्च भइसकेको छ। तीस मेगावाटको यो आयोजनाको काम एक वर्षभित्रमा सकिने अनुमान छ। आयोजनाका अरु पक्षमा पनि अनियमिता भएको विषयमा पनि समितिले फाइल मगाएर अध्ययन गरेको थियो। समितिले गरेको छानबिनको विवरणसहितको फाइल अब अख्तियारमा पठाइने भएको छ ।
###
0 comments
Write Down Your Responses