हत्यारा डीआईजीलाई बर्खास्त गर्न पत्र
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : विशेष अदालतले पत्नीहत्याको अभियोगमा सर्वस्वसहित जन्मकैदको फैसला गरेपछि सशस्त्र प्रहरी बलले डीआईजी रञ्जन कोइरालालाई सेवाबाट बर्खास्त गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

सशस्त्र मुख्यालयले विशेष अदालतको फैसलाको पूर्ण पाठसहित कोइरालालाई बर्खास्त गर्न गृहमा पत्राचार गरेको हो। कोइराला पत्नी गीताको हत्या अभियोगमा पक्राउ परेपछि गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।

विशेष अदालतले गत वैशाख ७ गते पत्नीहत्या गरेको पुष्टि गर्दै कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। कोइराला अहिले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्।

कोइरालाले २०६८ पुस २७ गते आफ्नै निवास बूढानीलकण्ठमा पत्नीको हत्या गरेका थिए। चीनमा नेसनल डिफेन्स कोर्स गरिरहेका कोइरालाले बिदामा आएको बेला पत्नीको हत्या गरेका थिए।

कोइरालाले पत्नीको हत्या गरी गाडीको डिकीमा राखेर मकवानपुरको टिस्टुङ गाविस ८ तित्राङमा लगेर आगो लगाएका थिए। पत्नीको शव डिकीमा हालेर महाराजगन्जबाट बालाजु हुँदै स्वयम्भू पुगेका उनले सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोलपम्पमा डिजेल भरेका थिए। सोही पेट्रोल पम्पबाट जर्किनमा ३० लिटर पेट्रोल भरी कोइराला धादिङतर्फ हानिएका थिए।

धादिङको खानीखोलासम्म चालक लिएर गएका कोइरालाले त्यसपछि चालकलाई फर्काएर आफैंले पत्नीको शव तित्राङ पु:याएका थिए। उनले डिकीमा रहेको गीताको शव झिकेर जर्किनको पेट्रोल खन्याई आगो लगाएका थिए।

पत्नीको शव जलाएपछि उनी २०६८ पुस २८ गते बिहान तीन बजेतिर काठमाडौं फर्किएका थिए। प्रहरीले कोइरालालाई माघ ८ गते पक्राउ गरेको थियो। 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z