सावधान ! ‘उपत्यकामा मर्निङ वाक खतरनाक’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष ८ । काठमाडौं उपत्यकामा ‘मर्निङ वाक’ गर्नु स्वास्थ्यको हिसाबले उपयुक्त नरहेको विज्ञहरुले बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वातावरणविद्हरुले राति ८ बजेपछि बिहान ८ बजेसम्मको वातावरण सबै हिसाबले खतरापूर्ण रहेको भन्दै मर्निङ वाक नगर्न सल्लाह दिएका हुन् ।

उपत्यकाको वायु प्रदुषणको असर बनेपा, धुलिखेललगायतका सहरमा पनि पर्ने गरेको विज्ञहरुले बताएका छन् ।

उपत्यकाको वातावरणमा सुधार ल्याउन तत्काल नियम, कानुनको कार्यान्वयन र योजना ल्याउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा सभासद गगन थापाले उपत्यकाको वातावरणीय प्रदुषण भयावह बनेकोमा चिन्ता व्यक्त गर्दै तत्काल सुधारका लागि अघि बढ्नुपर्ने बताए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z