कतारका रंगशालामा दुई दिनमा एक नेपाली ज्यान गुमाउँदै
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :गार्जियन (रंगशाला निर्माणमा संलग्न मजदुर क्याम्पमा फर्कँदै)
काठमाडौं : सन् २०२२ मा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि रंगशाला निर्माणमा संलग्न नेपालीको दयनीय अवस्थाबारे अर्को तथ्य बाहिर आएको छ ।

रंगशाला निर्माणमा संलग्न आप्रवासी मजदुरको जीवन सुरक्षा र उनीहरुको अवस्था सुधारका लागि कतार सरकारले पटक पटक प्रतिवद्धता जनाएपनि त्यहाँ नेपालीले ज्यान गुमाउने क्रम झनै बढेको हो ।

चर्चिच बेलायती पत्रिका गार्जियनले मंगलबारको अनलाइन संस्करणमा कतारमा रंगशाला बनाइरहेका नेपालीले प्रत्येक दुई दिनमा ज्यान गुमाइरहेको तथ्य बाहिर ल्याएको छ । नेपाली मजदुरको मृत्युको तथ्यांकले त्यहाँ कार्यरत भारत, श्रीलंका र बंगलादेशका मजदुरको अवस्थाको समेत चित्रण गरेको बताइएको छ ।

आप्रवासी मजदुर कतारमा श्रम गर्दै
गार्जियनले गत वर्ष आप्रवासी श्रमिकको अवस्थाबारे डरलाग्दो तथ्य बाहिर ल्याएपछि कतारले मजदुरको अवस्था सुधार्ने प्रतिवद्धता जनाएको थियो । कतारले छानविन समिति समेत गठन गरेर मजदुरको अवस्था सुधारको थालनी गरेको घोषणा समेत गरेको थियो ।

मानवअधिकार संगठनहरुले घण्टौंसम्म ५० डिग्रीमाथिको तापक्रममा काम गर्दा त्यसले मजदुरमा पार्ने असरबारे थालिएको जाँच समेत पर्याप्त नभएको बताएका छन् । मानवअधिकारकर्मीहरुले साधरण खालको सुधारमा मात्र कतार केन्द्रित भएको आरोप लगाउँदै आएका छन् ।

विश्वकपका लागि बन्दै गरेको रंगशाला
नेपालस्थित वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई उधृत गर्दै गार्जियनले छापेको समाचारमा सन् २०१४ जनवरीदेखि नोभेम्बरसम्म रंगशाला निर्माणमा संलग्न १५७ जना नेपाली श्रमिकले ज्यान गुमाइसकेका छन् ।

जनवरीदेखि नोभेम्बरसम्ममा अचानक स्वाशप्रस्वाश बन्द भएर ६७ जनाले ज्यान गुमाएका छन् भने ८ जनाले हृदयघातबाट ज्यान गुमाइसकेका छन् । रंगशाला निर्माणकै क्रममा ३४ जनाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

नेपाली अधिकारीहरुले सन् २०१३ भरीमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउनेको संख्या १८८ भन्दा माथि रहेको थियो । यो वर्ष त्यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

विश्वकप हुने कतारस्थित एक रंगशाला
‘उच्च तापक्रममा लामो समयसम्म काम गर्ने मजदुरको घातक गर्मीले अत्याधिक जोखिम बढाउँछ’, मध्यपूर्वी एसियाका शोधकर्ता तथा अधिकारकर्मी निकोलस म्याहनले भने, ‘श्रमिकको यो अवस्थाले ज्यान गुमाउनेको संख्या अझै बढ्दै जाने संकेत गर्छ ।’

आप्रवासीको मृत्युको कारण उनीहरुले गर्ने कार्यस्थलको वातावरण पनि रहेको अधिकारकर्मीहरुको भनाइ छ । अधिकारकर्मीले गत वर्ष गठन भएको छानविन समितिको प्रतिवेदन कार्यान्वयनमा कतार सरकारले कुनै चासो नदिएको निष्कर्श निकालेका छन् ।

सरकारले मजदुरको अवस्था सुधारिरहेको बताइरहँदा सन् २०१२ र २०१३ नेपाल, भारत र बंगलादेशका ९६४ जना मजदुरको ज्यान गएको तथ्य कतार सरकारले नै बनाएको छानविन समितिले पुष्टि गरिसकेको छ ।


नेपाली मजदुरहरु रोजगारीका लागि जाँदै
कतारमा कफाला प्रणाली अन्तर्गत कामदारको ट्राभल डकुमेन्ट र अरु कागजपत्र रोजगारदाताले राखिदिने गरेको छ । रोजगारदाताले कागजपत्र राखिदिएपछि समयावधि नसकिइ मजदुरले घर फर्कनै सक्दैनन् ।

स्पोन्सर्सिप प्रणालीले पनि नेपाली मजदुर समस्यामा परिरहेका छन् । कतारले एक्जिट भिसा सिस्टम लागू गरेर स्वेच्छाले देश छाड्न चहाने कामदारलाई पनि रोकेर अनुमतिविना देश छाड्न दिँदैन । एउटा कामका लागि लगिएका मजदुरलार्इ दलालले थोरै तलब दिएर कतारमा श्रम शोषण गर्ने गरेको समस्या पनि यथावत छ ।


कफला प्रणाली लागू भएका खाडी मुलुकहरु साउदी , कतार , कुवेत , यूएई , ओमान र बहराइनमा नेपालीहरु  समस्यामा परिरहेका छन् । स्पोन्सरसिप प्रणालीले पनि नेपालीले भनेजस्तो काम नपाउँदा ५० डिग्रीको गर्मीले ज्यान गइरहेको हो ।
अर्बौं डलर खर्चेर भौतिक पूर्वाधार बनाइरहेको कतारमा एक करोड ४ लाख बढी आप्रवासी कामदार रहेका छन् । जसमा नेपालीको संख्यामात्रै ४ लाख बढी रहेको छ ।

विश्वकपको तयारी गरिरहको कतारले आप्रवासी कामदारका लागि राखेको जटील कानुनी व्यवस्थामा आमूल परिवर्तन गर्नुपर्ने एम्नेष्ठी इन्टरनेशनलको भनाइ छ । गत मे मा कतारले मजदुरका लागि लागू गरेको नयाँ कानुनी व्यवस्थामा पनि आमूल परिवर्तन गर्न नसकेको बताइएको छ ।
सबै तस्बिरहरु गार्जियनबाट
(annapurnapost)



###
, , ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z