१० कक्षाका विद्यार्थीलाई नेपाली विषयको प्रश्नःश्रीमती पोइल गए के गर्छौ ?
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,मंसिर २० – परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्याउनुहुन्न । यो शैक्षिक मान्यता नै हो । तर,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले कक्षा १० का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रले विद्यार्थीको मनोभावनामा ठेस मात्रै पुर्याएन,प्रश्न आँफैमा अपूरो पनि देखियो । प्रश्नपत्रमा छात्रलाई मात्र सम्बोधन हुनेगरी प्रश्न सोधिएको छ । छात्रालाई होच्याइएको छ । त्यसको जवाफबारे पनि छात्राले अनुमान लगाउन गाह्रो हुन्छ ।

‘आफू धन कमाएर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि मनमा उठेका भावहरु समेटी एक मनोवाद तयार पार्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा २०७१ अन्तर्गत शुक्रबार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो । प्रश्नले विद्यार्थी नै अलमलमा परे । मनोभाव लेख्न सोधिएको प्रश्नको विद्यार्थीले सहजै जवाफ लेख्न सकेनन् । ‘कक्षा १० मा पढ्ने छात्राले यसबारे कस्तो मनोभावना लेख्लिन् ? यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको हो ?’ शिक्षाविद डा. सुसन आचार्य भन्छिन्,‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z