प्रतिकारमा उत्रेका ब्यापारीले बन्दकर्ताको टाउको फुटाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :रत्नप्रसाद आचार्य (धरानमा बन्द गराउँदै हिँडेका ३० दलीय मोर्चाका कार्यकर्ता )
झापाः बन्दको प्रतिकारमा उत्रेका व्यापारीहरुसँग भएको झडपका क्रममा मधेसी जनाधिकार फोरम नेपालका झापा अध्यक्ष रन्जित सिन्हाको टाउको फुटेको छ ।

झापाको चन्द्रगढीका व्यापारीहरु सोमबार बिहान बन्दको प्रतिकारमा उत्रेका बेला झडप हुँदा बन्दाकर्ता ३० दलीय मोर्चाको एउटा घटक फोरम नेपालका झापा अध्यक्ष सिन्हाको टाउको फुटेको हो ।

झडपमा सिन्हा लगायत अन्य दुईजना सामान्य घाइते भएको मधेशी जनअधिकार फोरम नेपालका उपाध्यक्ष भारतेन्दुकुमार मल्लिकले बताए । उनका अनुसार घाइतेको उपचार मेची अञ्चल अस्पतालमा भइरहेको छ ।


झडपपछि अहिले चन्द्रगढी भद्रपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चन्द्रगढीका पसलहरु बन्द भएका छन् । गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, वालबच्चा पालण पोषको जिम्मा लिन भन्दै चर्का नारावाजीसहित व्यापारीहरु बन्दको प्रतिकारमा उत्रेका थिए ।
र यो पनि पढ्न न छुटाउनुहोश
>>>बन्दकारीको जुलुसमा एक जनाको मृत्यु 
मोर्चाले गरेको आन्दोलनमा सादा पोशाकमा खटिएका प्रहरी हबल्दार मृत फेला
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z