मोर्चाले गरेको आन्दोलनमा सादा पोशाकमा खटिएका प्रहरी हबल्दार मृत फेला
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बेलबारी, पुस २८– बेतना सिमसार नजिकै आजबिहान एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् । मोरङको लक्ष्मीमार्गस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सर्लाही स्थायी घर भएका सहायक सशस्त्र प्रहरी हवल्दार सुनिल श्रेष्ठ मृत भेटिएका हुन् ।आन्दोलनरत ३० दलीय मोर्चाले मोरङको खोर्सानेदेखि सलकपुरसम्म हिजो साँझ आयोजना गरेको मसाल जुलुसका क्रममा उनि सादा पोशाकमा ड्युटीमा खटिएका थिए । ड्युटी सकेर क्याम्प फर्कने क्रममा बेतना सिमसारबाट दक्षिणतर्फ जाने पूर्व पश्चिम लोकमार्ग छेउमा पानीको खाडलमा साईकल सहित खसेको अवस्थामा उनी फेला परेका हुन् । आजबिहानै मर्निङवाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक श्रेष्ठको टाउकोमा गम्भीर चोट देखिएको छ । उनका सहकर्मीका अनुसार मादक पदार्थ सेवन नगर्ने उनी मिलनसार मिजासका थिए । दुर्घटना वा के कारणले उनको मृत्यु भएको हो भन्ने खुलिनसकेको र उनको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले बताए ।

###



0 comments
Write Down Your Responses