प्रधानमन्त्रीले नै द्धन्द्ध निम्त्याए : दाहाल (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ७ । एकीकृत माओवादीले माघ ८ गते संधिवान बन्ने सम्भावना अन्त्य भएको निष्कर्ष सुनाउँदै प्रक्रियाबाट संविधान ल्याउन खोजे संविधानसभामा अवरोध जारी राख्ने चेतावनी दिएको छ ।
राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले संविधान लेख्न सहमतिमै जानुपर्नेमा जोड दिए ।
‘प्रधानमन्त्री सुशील कोइरालाले सहमतिको रटान रटेर अन्त्यमा प्रक्रियाबाट संविधान ल्याउने चेस्टा गरेर द्धन्द्ध निम्त्याएको’ आरोप पनि दाहालले लगाए ।
विपक्षी दलका नेता दाहालले कांग्रेस र एमालेमा बहुमतको अहंकार बढेकोले देश द्धन्द्ध उन्मुख भएको टिप्पणी गरे ।
उनले सत्ताधारीको जबर्जस्ती संविधान ल्याउने कदमको प्रतिरोध गरेको उल्लेख गर्दै सोमबार मध्यराति संविधानसभामा भएको तोडफोडप्रति दुःख व्यक्त गरे ।
दाहालले पहिचान र अधिकार स्थापित नभइ संविधान बन्नै नदिने जिद्दी दोहोर्याउँदै ‘विगतका सहमति भाँडेर संविधान ल्याउन खोज्ने नेताहरुलाई जनताले चिनिसकेको’ बताए ।
एकीकृत माओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले भने कांग्रेस र एमालेको पार्टी नेतृत्व अनुदार र यथास्थितिवादी भएकाले संविधान जारी हुन नसकेको आरोप लगाए ।
उनले मंगलबार भएको बन्दका क्रममा सन्चारमाध्यमका गाडी र सन्चारकर्मीमाथि भएको ‘आक्रमण बन्दमा भएको घुसपैठ’को कारण भएको दाबी गरे ।

###
0 comments
Write Down Your Responses