यस्तो छ बाराक ओबामा चढ्ने कार जुन आकाशबाट उडेर आउँछ
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##




-1421751222-obama-beast-india-700संसारका सबैभन्दा शक्तिशाली व्यक्ति र त्यति नै शक्तिशाली उनको शैली । यी शक्तिशाली व्यक्तिको नाम अमेरिकी राष्ट्रपति बाराक ओबामा हो र उनको शक्तिशाली शैलीको झलक हो उनका आधिकारीक कार ‘बीस्ट’ । बीस्टको अर्थ हुन्छ जंगली वा पागल जनावर अथवा सबैभन्दा क्रुर व्यक्ति । आज हामी तपाईंलाई यहि बीस्टको बारेमा जानकारी दिदैछौँ । विशेषज्ञका अनुसार यो कार कुनै ब्याटल ट्यांकभन्दा कम छैन । एउटा यस्तो कार जसलाई ट्रान्सपोर्ट गर्नका लागि संसारको सबैभन्दा ह्याभी ट्रान्सपोर्ट एयरक्राफ्टको प्रयोग गरिने बताइएको छ ।

के हो बीस्ट ?

एयरफोर्स वन र मरिन वनजस्तै यो कारलाई पनि क्याडियलिक वन पनि भनिन्छ ।
अमेरिकी राष्ट्रपतीका आधिकारीक कारलाई शेवरलेट कम्पनीले तयार गरेको छ ।
बीस्ट अमेरिकी राष्ट्रपतिको आधिकारीक कार हो ।
बीस्ट भन्दा पहिले पनि ओबाले थुप्रै कारहरुलाई आफ्नो आधिकारीक कारको रुपमा प्रयोग गरिसकेका छन् ।
सन् १९३० देखि अमेरिकाको फेडरल सरकारले राष्ट्रपतिका लागि एक आधिकारीक कारको प्रयोगको मञ्जुरी दिएको थियो ।
आधिकारीक कारमा त्यस्ता कारहरु मात्र प्रयोग गर्ने अनुमती दिइएको थियो जसमा एडभान्स कम्युनिकेसन इक्विपमेन्ट्स, आर्मल प्लेटिङ र एडभान्स डिफेन्स इक्विपमेन्ट्स प्रयोग गरिएको हुन्छ ।
बीस्ट राष्ट्रपतिको त्यहि कार हो जसमा सुरक्षाको दृष्टिकोणबाट कस्टमाइज गरिएको छ ।

कस्तो छ आवरणः
मूल्यः १.५ मिलियन डलर
लम्बाईः १८ फिट
उचाईः ५ फिट १० इन्च
तौलः आठ टन
टप स्पिडः मात्र १५ सेकेन्डमा ६० मिलको गति
सिटः राष्ट्रपति सँगै सात मानिसहरुको लागि सिट

१. यो बिना हिँड्न सक्दैनन् ओबामा
राष्ट्रपति बाराक ओबामालाई बीस्टबाहेक अरु कुनै कारमा यात्रा गर्न सक्दैनन् । अरु देशको यात्रा गर्दासमेत उनी यहि कारमा नै यात्रा गर्न पाउनेछन् ।
२. सिक्रेट सर्भिस एजेन्टले दिनेछन् अनुमतीः
बीस्टलाई अमेरिकाबाट अर्को कारमा ट्रान्सपोर्ट गर्नका लागि सिक्रेट सर्भिस एजेन्ट्स सी–१७ ग्लोबमास्टरको प्रयोग गरिन्छ । सी–१७ लाई संसारको सबैभन्दा गह्रुङ्गो एयरक्राफ्ट मानिन्छ ।
३. ड्राइभर सिक्रेट सर्भिस एजेन्टः
यो कारलाई ड्राइभ गर्नका लागि ड्राइभर सिक्रेट सर्भिस एजेन्ट मात्र हुने गर्दछ । कारलाई ड्राइभ गर्नका लागि त्यो भन्दा पहिले टेस्टमा पास हुनुपर्ने हुन्छ ।
४. मिलिट्रि स्याटालाइटसँग सम्बन्ध:
बीस्टको निकनेम रोडरनर हो र यसलाई रोलिङ कम्युनिकेसन अफिस पनि भनिन्छ । यो कार सिधै मिलिट्रि स्याटलाइटसँग जोडिन्छ ।
 गोलीले छुनसमेत सक्दैन ओबामा:
बीस्टमा आठ इन्चको आर्मर प्लेटिङ राखिएको छ र यसको ढोकाको तौल बोइंग ७५७ एयरक्राफ्टको ढोकाजत्तिकै छ । पाँच इन्चको मोटो बुलेटप्रुफ लेयर यसको झ्यालमा छ । अर्थात कुनै पनि रुपमा बुलेट शट ओबामालाई छुनसमेत सक्दैन ।
६. नाइट भिजन र पम्प एक्सन शट गनः
बीस्टमा विशेष रुपमा तयार गरिएको डिजाइनले नाइट भिजन क्यामरा र पम्प एक्सन शटगन सधैँ रहनेछ । यसका साथै यसमा अक्सिजन सप्लाइका लागि पनि पूरा व्यवस्था मिलाइएको छ ।
७. ओबामाको रगतको बोतल पनि सँगैः
बीस्ट सायद संसारको पहिलो यस्तो कार हो जसमा एउटा स्पेशल बक्स बनाइएको छ जसमा ओबामाको रगतको बोतल सुरक्षित राखिएको छ । यो कुनै पनि आपत्कालीन अवस्थामा काम लाग्ने बताइएको छ ।
८. टायर पड्किएको अवस्थामा पनि ओबामा हुनेछन् सुरक्षित:
यो कारको डिजाइन यस प्रकारले डिजाइन गरिएको छ जुन यदि पड्किएमा पनि कारलाई सुरक्षित तरिकाले निकाल्न सकिनेछ ।
९. रकेट र ग्रेनेट अट्याकबाट सुरक्षितः
यो गाडीमा चेसिस रिइन्फोर्सड्स स्टिल प्लेट राखिएको छ । अर्थात यदि कारमाथि रकेट वा ग्रेनेडद्वारा आक्रमण गरिएता पनि यसमा केहि असर पर्ने छैन ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z