स्वस्थानी ब्रत आजबाट सुरु, कथा वाचन र माघ स्नान भोलीदेखि
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष २० । हिन्दु नारीहरुको पवित्र श्री स्वस्थानी ब्रत आजबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने ब्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहन्छ ।
ब्रत आरम्भ भए पनि स्वस्थानी कथा वाचन र माघ स्नान भने भोलिमात्रै शुरु हुने छ । माघ शुक्ल पूर्णिमासम्म हुने ब्रत अवधिमा हरेक दिन नित्य मध्यान्न कालमा भगवान शिवको आराधना गरिन्छ ।
श्री स्वस्थानी व्रतका बेला हरेक दिन मध्यान्न स्वास्थानी देवीको स्तुती पनि गरिन्छ । यस अवधिमा माछा मासु नखाई नुहाई धुवाई गरी एकचित्त बनी एक छाक चोखो खाएर ब्रत बस्ने चलन छ ।
स्वस्थानी ब्रतकथा सुन्ने सुनाउनले उचित फल पाउने जनविश्वास रहिआएको छ । आजैदेखि शालि नदीमा एक महिने मेला लाग्ने भएको छ ।
शाली नदीमै बसेर एक महिना ब्रत बस्ने ब्रतालुले दिनको एक छाक मात्र खाई महादेव नारायण, स्वस्थानी लगायतका देवीदेवताको पूजा गर्ने गर्दछन् ।
घर परिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दे शाली नदीमा महिलासँगै पुरुषसमेत स्नानको लागि जाने परम्परा छ ।

###
0 comments
Write Down Your Responses