पोखरेली व्यवसायी बन्दविरुद्ध उत्रने
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
फोटो :फाइल फोटो (बन्दमा पोखरा)
पोखरा : दलहरुले गरेको बन्दले असर पारेको भन्दै पोखराका व्यवसायीहरुले बन्दको अवज्ञा गर्ने घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा बन्द नगर्न आग्रह गरी शान्तिपूर्ण र्‍याली गर्दै पोखरेली व्यवसायी बन्दविरुद्ध उत्रन लागेका हुन् ।

शुक्रवार उद्योग वाणिज्य संघमा बसेको सर्वपक्षीय भेलाले बन्दविरुद्ध आइतवार विहान र्‍याली निकाल्ने निर्णय गरेको छ ।

‘बन्द नगर्ने प्रतिवद्धता विपरित राजनैतिक दलहरुले थालेको बन्द हड्तालले सबै क्षेत्रलाई चौतर्फी असर पारिरहेको छ’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापाले भने ‘जनताका नाममा गरिएको बन्दले जनता नै मारमा पर्न थालेपछि बाध्य भई बन्दविरुद्ध उत्रिनु परेको हो ।’


आफ्ना माग पूरा गराउन बन्दको विकल्प खोज्न व्यवसायीहरुले दलहरुलाई आग्रह गरेका छन् । भेलामा सहभागी पर्यटन व्यवसायीले दलहरुको बन्दले पर्यटकले होटल बुकिङ रद्ध गर्न थालेको बताए । 
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z