जागिर खाने होइन, खुवाउने हो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नेपालमा अध्ययन पूरा गरेका धेरै विद्यार्थीसँग अब के गर्नुहुन्छ भनेर सोध्दा धेरैको उत्तर हुन्छ, जागिर खान्छु। नेपालमा अझैसम्म पनि व्यवसाय गर्छु भन्ने विद्यार्थी खासै कोही भेटिंदैनन्। व्यवस्थापन संकाय पढेका विद्यार्थी पनि जागिर गर्छु भनेर उत्तर दिन्छन्।
यसको दोष विद्यार्थीको पक्कै होइन, हाम्रै हो, समाजको हो किनकि विद्यार्थीलाई अझैसम्म पनि जागिर खाने ट्रेनमा हुर्काइएको छ। यसमा दोष हाम्रो पाठ्यक्रमको छ। पाठ्यक्रममै युवालाई जागिर खाने मानसिकताका साथ हुर्काइएको छ।
यसकारण परिवर्तनको लागि पाठ्यक्रममै परिवर्तन ल्याउनुपर्छ। अब हाम्रा विद्यार्थीलाई जागिर खाने होइन, खुवाउने मानसिकताको विकासमा लैजानुपर्छ। यसका लागि सोचाइमा परिवर्तन ल्याउनुपर्छ।
धेरै विद्यार्थीको भनाइ होला, जागिर खुवाउने व्यवसायका लागि पुँजी छैन हामीसँग तर मलाई लाग्छ, आजको समस्या पुँजी अभावको होइन। समस्या सोचाइको हो। एक दुई लाख पुँजीबाट पनि धेरै व्यवसाय सुरु गर्न सकिन्छ। फेरि व्यवसाय सोच भए पुँजी दिने व्यक्तिको कमी छैन यहाँ।
अर्काे समस्या यहाँ व्यवसायको छ। पढेलेखेका विद्यार्थीले गाईपालन, बाख्रापालन गरे राम्रो रूपमा हेर्न प्रचलन अझैसम्म विकास हुन सकेको छैन। यसमा पनि हाम्रो समाजको दोष छ।
यद्यपि बिस्तारै परिवर्तन भएको भने पक्कै होइन। यो समस्या समाधानका लागि पेसामा व्यवसायीकरण आवश्यक छ। कृषि पेसालाई व्यावसायिक गर्न सके बिस्तारै समस्या समाधान हुँदै जानेछ।
म पनि दोलखाको सामान्य किसानको छोरो। मेरा पितापुर्खाको जीवन सामान्य कृषिमै बिते। दोलखामा हुर्केबढेको मैले अकुपञ्चरमा ग्र्याजुएट गरें। २०४९ साल काठमाडौं छिरेको मैले जागिर गर्दागर्दै २०५६ सालमा पहिलो पटक काठमाडौंको त्रिपुरेश्वरमा वैकल्पिक उपचार केन्द्र खोलें।
यसलाई थप विस्तार गर्दै २०६५ सालमा आयुर्वेद विभागबाट स्वीकृति प्राप्त गरी २५ बेडको प्राकृतिक चिकि:त्सा अस्पताल स्थापना गरें र त्यसको अध्यक्षको रूपमा कार्यभार समालें। योसँगसँगै २०६५ सालमै अक्युपञ्चर संघ स्थापना गरी त्यसको संस्थापक अध्यक्ष बनी पेसा व्यवसायको विकास र विस्तार पनि लागें।
२०६७ सालदेखि चैतन्य मेडिस्पा सञ्चालन गर्दै आएको छु। यो सानेपा बखुन्डोलमा छ। यसले रोगी हुन नदिने गरी प्राकृतिक रूपमा उपचार गर्ने गर्छ। युवालाई स्वावलम्बी बनाउनुपर्छ भनेर म अहिले नेपाली युवा उद्यमी मञ्चमा कार्यरत छु।
(बस्नेत युवा उद्यमी हुन्।)

###
0 comments
Write Down Your Responses