काश्मीरमा पुनः झडप
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
भारत र पाकिस्तानको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा बिहीबार साँझ झडप भएको छ । सो क्षेत्रमा दोहोरो गोली हानाहान भएको समाचारमा जनाइएको छ ।  प्राप्त पछिल्लो समाचारअनुसार सो झडपमा परी कम्तीमा पनि तीन व्यक्ति घाइते भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विवादास्पद काश्मीर सीमाक्षेत्र पाकिस्तान र भारतको सुरक्षा गार्डबीच भएको दोहोरो गोलीहानाहानमा एक महिलासहित तीन व्यक्ति घाइते भएका अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
भारतीय अधिकारीकाअनुसार भारत अधिनस्थ श्रीनगरदेखि ३२२ किलोमिटर दक्षिणमा पर्ने जम्मु जिल्लाको आर्नीया क्षेत्रलाई लक्ष्यगरी गोली प्रहार गरिएको जनाइएको छ ।
गोली कुन देशको सैनिकले चलायो भन्ने बारेमा दुवैले आ आफ्नो पक्षले नगरेको भनी दाबी गरिरहेका छन् ।
आर्नीया क्षेत्रमा भारत र पाकिस्तानी सैनिकबीच भएको दोहोरो गोली हानाहानमा घाइते भएका तीन व्यक्ति उपचारार्थ अस्पतालमा ल्याइएको एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
ती घाइते पनि कुन देशका नागरिक हुन भन्ने बारेमा केही खुलाइएको छैन । सो क्षेत्रमा विगतदेखि नै यस्तो झडप हुदै आएको छ ।
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z