छात्राबासमा कुकर पड्कँदा १३ विद्यार्थी घाइते
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
जनकपुरधाम : जनकपुरको एक विद्यालयको छात्रावासमा प्रेसर कुकर विस्फोट हुँदा १३ जना विद्यार्थी घाइते भएका छन् ।
जनकपुर–१ वकील टोलस्थित आरडी शिक्षा निकेतनको चमेनागृहमा खाजा पकाउन चुल्होमा बसालिएको एउटा प्रेसर कुकर विस्फोट भएपछि विद्यार्थी घाइते भएको विद्यालयका सञ्चालक विनोद यादवले बताए ।
जाडोका बेला खाना खाएर चमेनागृहकै चुल्होमा आगो ताप्न बसेका ५ देखि १० वर्ष सम्मका १३ जना बालबालिकाहरु कुकर विस्फोट हुँदा घाइते भएको यादवले बताए । घाइते हुनेहरुमा धनुषाको कुम्भकरण गाउँका बालकृष्ण यादव, अशोककुमार ठाकुर, पप्पु यादव, अशोक शर्मा र चन्दन यादव रहेका छन् ।
कुकर विस्फोटमा घाइते एक विद्यार्थी
त्यसैगरी मोडहा गाउँका मुकेश साह, बालाबाखरका सोनु यादव, बेलौनीका रियाज नदाफ, बडराका अमित यादव र चिरैया गाउँका प्रसान्त ठाकुर घाइते भएका छन् । कुकर पड्केपछि मटरको तरकारीमा रहेको धेरै पानी बालबालिकाहरुको आँखा र जिउमा परेकाले उनीहरुको शरिरभर पोेलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सबै घाईतेहरुको उपचार धनुषा अस्पतालमा भईरहेको छ । बढीजसो घाईतेको आँखामा तातो पानि पसेकोले सबैलाई आँखाका विशेषज्ञसँग तुरुन्त देखाउन चिकित्सकहरुले सल्लाह दिएका छन् ।
घाइते विद्यार्थीको उपचार गरिँदै
नर्सरीदेखि कक्षा ५ सम्म अध्ययापन गराईने उक्त विद्यालय दर्ता समेत नभई सञ्चालनमा रहेको छ । आफूहरु दर्ता प्रक्रियामै रहेको बेला यस्तो घटना हुन आएको यादवले बताएका छन् ।
घटनालगत्तै धनुषाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, प्रहरी उपरीक्षक गणेशबहादुर थापा समेतले अस्पतालमा गएर घाइते बालबालिकाको स्वास्थ्य अवस्थाबारो जानकारी लिएका थिए ।

###
0 comments
Write Down Your Responses