मंगल ग्रहमा पठाइएको रोबटको स्मरण शक्ति हराएपछि बैज्ञानिकहरुबीच हल्लीखल्ली भिडियो हेर्नुहोस
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पौष २० । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको मार्स रोबरको स्मरण शक्ति हराएको नासाका बैज्ञानिकहरुले बताएका छन् ।
स्मरण शक्ति हराएसँगै मार्स रोबर आफै रिसेट हुने गरेको छ । मार्स रोबरमा जडान गरिएको एक उपकरणको फ्ल्यास मेमोरीलाई प्रभावित गरेका कारण स्मरण शक्तिमा प्रभाव परेको बैज्ञानिकहरुको दाबी छ ।
बैज्ञानिक भाषामा एमनीशिया भनिने यस समस्याका कारण मार्स रोबर र मिशन कन्ट्रोलसंगको सम्बन्ध बारम्बार टुट्ने गरेको छ । समस्या समाधानका लागि नासाको टोलीले रोबरको सफ्टवेयर ह्याक गर्ने प्रयास गरेका छन् ।
मंगल ग्रहमा रहेका चट्टानमा प्वाल पारी माटो निकाल्न सफल भएको जनाएको छ । नासाका अनुसार मार्स रोवरले मंगल ग्रहमा रहेको चट्टानमा ६ सेन्टिमीटरको प्वाल बनाई माटो निकाली परीक्षण गरिरहेको छ ।
यसलाई नासाले मार्सको खोजी क्रममा अहिलेसम्मकै ठूलो सफलता भनेको छ । यसअघि नासाले मार्स रोवरले चट्टानमुनी रहेको माटोको परीक्षण गरी मंगल ग्रहमा जीवको रहस्य पत्ता लगाउने दाबी समेत गरेको थियो ।
दश बर्ष पहिले मंगलग्रहको भूमीमा अवतरण गरेको यो रोबरले हालसम्म २६ माइल सफर तय गरिसकेको दाबी नासाको छ । यसअघि मार्स रोबरले मंगलग्रहको तस्वीर खिची पठाउनुका साथै मंगलग्रहमा रहेको पानीको पनि अध्ययन गरेको थियो ।

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z