गलत म्यासेज गयो ? चिन्ता नलिनुस् अब फिर्ता लिन सकिन्छ -
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
किनकी तपाईले एकपटक म्यासेज पठाएपछि त्यसलाई फिर्ता लिन वा म्यासेज पाउनेको फोनबाट डिलिट गराउन सक्नुहुन्न ।
तर, अब चिन्ता मान्नु पर्दैन । किनकी प्रबिधि दुनियाँ यस्तो पनि बिकाश भइसक्यो-अब तपाईले पठाएको एसएमएस गलत पर्यो भने तुरुन्तै फिर्ता लिन सक्नुहुन्छ, पठाइएको ब्यक्तिको मोबाइलबाट त्यो म्यासेज गायब हुनेछ ।
अमेरिकाको सियाटलमा रहेको एक प्रबिधि कम्पनीले ‘स्ट्रीङ‘ नामक मोबाइल म्यासेजिङ एप्सको बिकाश गरेको छ जसले प्रयोगकर्तालाई आफ्नो म्यासेज वा सम्बादमाथि पूर्ण नियन्त्रण प्रदान गर्छ ।
samsung 1
‘स्ट्रीङमार्फत् गरिएका सम्बाद प्रयोगकर्ताले डिलिट गरेपछि सवै मोबाइलबाट मात्र हैन, सर्भरबाटै सदाका लागि मेटिने छ’ एप्स बिकाशकर्ता बी ल्याबले भनेको छ ।
कुनै प्रयोगकर्ताले एप्समार्फत् सेयर गरिएका टेक्स्ट, फोटो वा भिडियो डाउनलोड गरेको भए पनि त्यस्ता कन्टेन्टमाथि सेन्डरको नियन्त्रण हुने बताइएको छ ।

यदि तपाईले आफुले पठाएको कुनै म्यासेज डिलिट गर्नुभयो भने पुरै कन्भरसेसन डिलिट हुने छ ।
यदि एकाउन्ट नै डिलिट गर्नुभयो भने तपाईले सेयर गरेका सारा म्यासेज, फोटो भिडियो लगायतका कन्टेन्ट रिसिभरको मोबाइल तथा स्ट्रीङ सर्भरबाट समेत सधैका लागि डिलिट हुने छ ।
तत्कालका लागि एप्पल स्टोरमा मात्र एपलब्ध यो एप निःशुल्क डाउनलोड गर्न सकिन्छ र एपमा कुनै पनि बिज्ञापन राखिएको छैन् ।

###
0 comments
Write Down Your Responses