विप्लव माओवादीले ल्यायो पेट्रोलियम पदार्थको नयाँ मूल्य तालिका
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं,माघ १४ – पेट्रोलियम पदार्थको चरम अभाव तथा चर्को मूल्य तिर्न उपभोक्ता बाध्य भएको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले नयाँ मूल्य तालिका ल्याएको छ ।
जारी बक्तव्य अनुसारको पेट्रोलको मूल्य प्रतिलिटर रु. ४८ रुपैंया हुनुपर्ने माग गरिएको छ । डिजेल पनि सोहि मूल्यमा वितरण गर्नु पर्ने उनीहरुको माग छ । सोहि मूल्यमा पेट्रोल दिँदा निगमलाई घाटा नहुने समेत उल्लेख गरिएको छ ।
विश्व बजारमा अहिले ९० अमेरिकी डलर प्रति ब्यारेल घटेको र सोहि अनुपातमा नेपालमा १४४ प्रतिशत मुल्य घट्नु पर्ने तर नेपाल आयल निगमले पेट्रोलमा केवल १७.४ डिजेल र मट्टितेलमा १९.२६ प्रतिशत मात्रै घटाएको विप्लव माओवादीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
protest petroleum (1)
बक्तव्य अनुसार नेपाल आयल निगमले १६ जनवरी २०१५ देखि अहिलेसम्म प्रतिलिटर पेट्रोल ४२ रुपैंया ७० पैसामा इण्डियन आयल कर्पोरशनसँग रक्सौलमा खरिद गर्दछ । ढुवानी २ रुपैंया १० पैसा, विक्रेतालाई ३ रुपैंया ८० पैसा मूल्यअभिबृद्धि कर १३ प्रतिशतका दरले ५ रुपैंया ५५ पैसा निगमको प्रशासनिक एवं बिक्री खर्च ५० पैसा गरि जम्मा मूल्य ५४ रुपैंया ५५ पैसामा प्रतिलिटर पेट्रोल नेपाली उपभोक्ताले पाउन सक्नेछन् । सोहि अनुपातको आधारमा डिजेल पनि पाउन सक्नेछन् ।
‘उपभोक्ताको अधिकारप्रति राज्य उत्तरदायी हुने हो भने प्रतिलिटर ४८ रुपैंयामा उपलब्ध गराउनु पर्छ ।’ बक्तव्यमा भनिएको छ ‘यसो गर्दा निगमलाई घाटा हुदैन ।’
आयल निगमलाई सेवामूखीबाट नाफामूखी संस्थामा परिणत गरिएको भन्दै भनिएको छ ‘सत्ताधारी ,मन्त्री,भ्रष्ट नेता आयल निगम मात्र मोटाउन यो निति अबलम्बन गरिएको प्रष्ट छ ।’
त्यस्तै गरि विप्लव नेतृत्वको नेकपा माओवादीले आयल निगमको प्रबन्धकलाई तत्काल मूल्य घटाउन माघ गर्दै ज्ञापन पत्र बुझाएको छ । विहिबार ताम्सालीङ राज्य संयोजक असारे काकाको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाएको हो ।
किन हुन्छ चुहावट ?
‘क्यालिब्रेटिङ्ग र टेम्प्रेचर लस’ का नाममा हुने चुहावटलाई रोक्न नसक्नु पनि मूल्य बृद्धिको मूख्य कारण रहेको विप्लव माओवादीको ठहर छ । बक्तव्य अनुसार कर्मचारीहरुको मिलेमतोमा नै ट्याङ्करको ‘मिडल टेम्पेचर’ ननापेर पिँदमा या माथिल्लो सतहमा तापक्रम नाप्ने गर्छन् । तर निगमको विनियममा मध्यभागमा तापक्रम नाप्नुपर्ने उल्लेख छ । निगमकै भनाईमा प्रतिडिग्री सेल्सियसमा १५ लिटर तेलको आयतनमा फरक आउँछ । यसरी निगमकै भनाईमा एकै पटक ६ डिग्रि सेल्सियस सम्म तापक्रमममा फरक आउँछ । एक पटक एउटा ट्याङ्कमा तेल भर्दा र झार्दा ५ सय लिटर सम्मको फरक पर्दछ । यो मिलेमतोमा नै हुने गरेको छ । तर यसको मूल्य भार भने उपभोक्तालाई पर्ने गरेको छ । यसरी चुहावट हुने गरेको उसको ठहर छ ।

###
0 comments
Write Down Your Responses