बन्दविरोधी र बन्दकर्ताबीच झडप, एमाले नेताहरु चढेको गाडीमा आक्रमण (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, माघ ६ । बन्दको विरोधमा उत्रेका नागरिक र बन्दकर्ताबीच राजधानीको माइतीघरमा झडप भएको छ । नेपालको राष्ट्रिय झन्डा बोकेर बन्दको विरोध गर्नेहरुमाथि नयाँ बानेश्वरबाट आएका प्रदर्शनकारीहरुले आक्रमण गरेका थिए ।
बन्दकर्ताहरुलाई प्रहरीले रोक्न खोज्दा केहिबेर झडपसमेत भएको थियो । प्रर्दशनकारीहरुले केहिबेर प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । प्रर्दशनकारीले बन्दको विरोध गर्नेहरुलाई माइतीघरबाट लखेटेका थिए ।
यता, प्रहरीको भ्यानमा संविधानसभा जाँदै गर्दा एमालेका नेताहरु अमृतकुमार बोहोरा, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यमाथिसमेत बन्दकर्ताहरुले आक्रमण गरेका छन् । बन्दकर्ताकहरुले बिजुलीबजारमा फलामको रडले उनीहरुमाथि आक्रमण गरेका थिए ।
नेता बोहोराले आफूहरुमाथि नियोजित आक्रमण भएको प्रतिक्रिया दिएका छन् । आक्रमणबाट गाडीको सिसा फुटेको छ ।
बन्दकर्ताहरुले बिजुलीबजारमा एउटा मोटरसाइकलसमेत जलाएका छन् ।

###
0 comments
Write Down Your Responses