प्रतिकारमा उत्रेका स्थानीयले बन्दकर्ताको टाउको फुटाए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पर्वत : बजार बन्द गराउँदै हिँडेका एमाओवादीसहितका ३० दलीय मोर्चाका कार्यकर्ता पर्वतमा लखेटिएका छन् । बन्दकर्ता र बन्द खुलाउन प्रर्दशनमा उत्रिएका स्थानीय झडप हुँदा एमाओवादी नेतृत्वको आन्दोलनका संयोजक गम्भीर घाईते भएका छन् ।
एमाओवादीका जिल्ला अध्यक्ष कृष्ण पराजुली गम्भीर घाईते भएका हुन् । उनको स्थानिय मेडिकल हलमा उपचार भैरहेको छ । नेकपा एमालेनिकट युवा संघको नेतृत्वमा निस्किएको बजारवासीको प्रतिकार जुलुस र आन्दोलनकारीबीच शिवालयचोकमा आधा घण्टा झडप भएको थियो ।
झडपपछि कुश्मबजार तनाबग्रस्त भएको थियो । एमाओवादी लगायतको मोर्चाले आब्हान गरेको बन्दको बिरोधमा स्थानीयबासीउत्रिएपछि दुई पक्षबीच कुश्माको मुख्यचोक शिवालयचोकमा झडप हुँदा तनाबग्रस्त बनेको हो ।
बन्दको बिरोधमा उत्रिएका युवाहरुको मोटरसाइकल र्याली शिवायचोकमा पुगेपछि झडप भएको हो । बन्द आयोजक र विरोधमा उत्रिएकामध्ये आधा दर्जन घाईते भएको बताइएको छ । बन्द आयोजक र बिरोधमा उत्रिएका युवाहरुले ढुंगा हानाहान गरेका थिए ।
पर्बतको कुश्मामा न्दको प्रतिकारमा उत्रेका स्थानीय युवा
युवाहरु मोटरसाईकल र्यालीसहित उत्रिएपछि बन्दकर्ताहरु भागेका छन् । प्रतिकारमा उत्रिएका युवाहरुले बजारसमेत खुलाएका छन् । बन्दको बिरोधमा उत्रिएका युवाहरुको अगुवाई युवा संघले गरेको थियो । युवा संघका कार्यकर्ता, तरुण दल, नेविसंघ र व्यापारीहरु समेत प्रतिकारमा उत्रिएका थिए ।
कुश्माबजारमा झडप भएपछि सुरक्षा ब्यबस्था कडा पारिएको छ । चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दको समयमा हिमालपारीको जिल्ला मुस्ताङ्गमा भने बन्दको कुनै प्रभाब परेको छैन । यातयात , शिक्षणसंस्था र बजार खुलेका छन ।
बन्दकर्ता र स्थानीयबीच झडप भएपछि खटिएको प्रहरी
राष्ट्रिय झण्डा बोकेर सडकमा निस्केका कांग्रेस–एमालेसहितका युवाहरुले मोटरसाइकल र्याली गरी बन्द खुलाउने क्रममा बन्दकर्तासँग झडप भएको छ । बन्दकर्ता भागेपछि कुश्म बजारका पसलहरु आंशिकरुपमा खुल्न थालेका छन् । झडपपछि सदरमुकाममा सुरक्षा कडा बनाइएको छ

###
0 comments
Write Down Your Responses