गगनले भने–प्रचण्डले पार्टीको घोषणापत्र जलाए भयो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##

‘कांग्रेसलाई काम नगरेको भन्दै प्रतिगामी भनियो । प्रचण्डले जनतामाझ गरेका बाचा पूरा गरेमात्रै उहाँसँग यस्तो बोल्ने अधिकार रहन्छ ।’
एमाओवादीले संविधानसभाको निर्वाचनमा जनतामाझ लगेको घोषणापत्रमा तीन स्थानमा सहमति नभए प्रकृयामा गएर संविधान बनाउने कुरा उल्लेख गरेको थापको दाबी थियो । ‘अहिले त्यो कुरा कहाँ गयो ? खुम्चेर संविधानसभामा आउने, अनी अरुलाई दोष लाउने ?’ थापाले भने ।
कांग्रेसले संविधानसभाको चुनावमा जाँदा संघीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान, ७ वटा प्रदेश र कार्यकारी प्रधानमन्त्रीसहितको शासकीय ब्यवस्था भएको संविधान जारी गर्ने लिखित प्रतिवद्धता जनाएको बताउँदै थापाले त्यसबाट एक इन्च दायाँबायाँ नहुने दाबी गरे ।
‘घोषणापत्रमा उल्लेखित कुरा भन्दा एक इञ्च दाँयाबाँया हुँदैनौ’, थापाले भने, ‘एमाओवादीले त सहमति गर्छौं, त्यो नभए जसरी पनि मतदानमा गएर पनि संविधान ल्याउछौं भनेको होईन ? त्यसैले कांग्रेसलाई आरोप लगाउने नैतिक अधिकार प्रचण्डसँग छैन ।’
माघ ८ मा मस्यौदा पनि आउँदैन
नेता थापाले उनले माघ ८ गते संविधानको पहिलो मस्यौदासमेत नआउने ठोकुवा गरे । ‘माघ ८ गते संविधानको पहिलो मस्यौदा समेत आउँदैन, नेताहरु अहिले माघ ८ को सट्टा नयाँ मिति तोक्ने तयारीमा छन्’, थापाले भने, ‘दलहरुले तयारीबिना नयाँ मिति तोके भने सो मितिमा समेत संविधान आउँदैन ।’
सभामुख सुवास नेम्वाङले संविधानसभा भित्र प्रभावकारी भूमिका खेल्न नसक्दा संविधान निमार्ण प्रक्रिया ओझेलमा परेको उनको आरोप थियो । ‘सुवास नेम्वाङ संविधानसभाको नेता हो, उहाँले अब मिल्नुस, छिटो गर्नुस, सहमति गर्नुस भनेर दिनमा तीन पटक अभिब्यक्ति दिने होईन’, थापाले भने, ‘अब उनले प्रकृया के हो ? त्यसमा जानुपर्छ ।’
नेता थापाले संविधानका लागि जनतामा तेस्रो पटक नजाने भने ठोकुवा गरे । ‘माघ ८ मा संविधान आउँदैन, माघ ८ जस्तै सहजै अर्को मिति तोकेपनि संविधान आउँदैन, तर दलहरुले अर्को मितिमा संविधान ल्याउन अहिले सहमति गर्नुपर्छ’ उनले भने ।
संविधान मस्यौदा समितिका सदस्य समेत रहनुभएका थापाले शिर्ष नेताहरुलाई माघ ८ को रटान लगाएर जनता झुक्काउने काम नगर्न समेत आग्रह गरे । ‘मलाई नेताहरु देखेर दया लागेको छ उनीहरुले जनतालाई अझै पनि माघ ८ मा संविधान आउँछ भनेर किन ढाँटिरहेका छन’ उनले भने ।
उनले प्रचण्डलाई राष्ट्रपति बनाए सबै समस्या समाधान हुने तर्क गरे । ‘माघ ८ पछि सत्ताको पुर्नगठन हुन्छ, राष्ट्रपति र सरकार नयाँ बन्छ, तर ईमान्दारीकाताका साथ सत्ता साझेदारीको कुरा पनि चर्चामा आउनुपर्छ, प्रचण्डालाई राष्ट्रपति बनाए संविधान बन्छ भने काँग्रेस त्यसका लागि पनि तयार हुनुपर्छ’ उनले भने ।

###
0 comments
Write Down Your Responses