बाइकलाई साइड दिँदा ट्याक्टर पल्टियो, चार जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
खोटाङ– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ स्थित सानेटारमा आज दिउसो भएको ट्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ। सदरमुकाम ओखलढुंगा बजारबाट घाँस र पराल लिन रुम्जटार जाँदै गरेको स१त ३०४६ नम्बरको ट्याक्टर पल्टिँदा माम्खा–८ का ३३ वर्षीय अमरबहादुर बस्नेत, कुइभीरका १६ वर्षीय रविन अधिकारी, सिद्धिचरण–१ का ४२ वर्षीय दयाराम दाहाल र सोही स्थानका २३ वर्षीय चालक निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक वैद्यनाथ यादवले बताए।
उनका अनुसार तीनजनाको घटनास्थलमै र चालक शेर्पाको रुम्जाटार अस्पताल मृत्यु भएको हो। दुर्घटनामा सिद्धिचरण–१ का दिपक बिशंखे घाइते भएका छन्। उनको रुम्जाटार अस्पतालमा उपचार नभएपछि मिसन अस्पताल ओखलढुंगा लगिएको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
घुम्ती परेको सडकमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई साइड दिने क्रममा ट्याक्टर पल्टिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले बताए।
'खोंचमा जम्काभेट भएको मोटरसाइकललाई साइड दिनेक्रममा ट्याक्टर पल्टिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,' घटनास्थल पुगेका प्रजिअ भट्टराईले भने, 'अहिलेसम्म दुर्घटनाको कारण यही नै देखिएको छ, अन्य कारण पछिको अनुसन्धानले देखाउला।'
मोटरसाइकललाई सडकको छेउतिरबाट साइड दिनेक्रममा पल्टिएको ट्याक्टर सडकबाट ६ सय मिटर तल खसेको थियो। बीच बाटोबाट ट्याक्टरमा चढेका स्थानीय मनोज विश्वकर्माले भने हाम फालेर ज्यान बचाएको प्रशासनले जनाएको छ। मनोजले साइड दिने क्रममा नियन्त्रण गुमाएर ट्याक्टर पल्टिएको बताएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। मृतकको शव पोस्टमार्टमका लागि रुम्जाटार अस्पताल पुर्याइएको छ। नेपाली सेना र प्रहरीले दुर्घटनामा उद्धारमा खटिएका थिए।

###
0 comments
Write Down Your Responses