कमल थापाले गरे तेस्रो जनआन्दोलनको घोषणा
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, पुस १८ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रका लागि लाखौं जनता सडकमा ओर्लिएको बताउँदै तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।
मेची-महाकाली रथयात्रा समापन सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै थापाले हिन्दूराष्ट्रलाई जनताले अनुमोदन गरेको भन्दै जनआन्दोलनको घोषणा गरे । उनले हिन्दूराष्ट्र कसैले पनि रोक्न नसक्ने दाबी गरे ।
थापाले नेताहरुले डलरको बन्धनमा धर्मनिरपेक्षताको वकालत गरेको आरोप लगाए । 'तपाईं डलरको बन्धनमा पर्नुभएको छ भने धर्म नमान्नुस्,' उनले भने, 'तर, भ्रम छर्ने काम नगनुस् ।'
थापाले ७० देशमा इसाई, ४० देशमा इस्लाम धर्म सापेक्ष भएको उल्लेख गर्दै भने, '१ अर्ब ८ करोड हिन्दूको एउटा पनि हिन्दूराष्ट्र नेपाल किन हुन नहुने ?'

###
0 comments
Write Down Your Responses