यातयात अड्डाबाटै यसरी बिक्री हुन्छ नक्कली लाइसेन्स
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नक्कली सवारी अनुमति पत्र (लाईसेन्स) बनाउने तथा बेचबिखन गर्ने गिरोहमा यातयात कार्यलयकै कर्मचारी संलग्न रहेको खुलासा भएको छ।
यस्तो धन्दामा संलग्न दुई सदस्यलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। यातयात कार्यालय एकान्तकुनाका कर्मचारीकै मिलेमतोमा पाँच वर्ष देखि नक्कली लाइसेन्सको धन्दा संगठित रुपमा चलाउँदै आएको बयान पक्राउ परेका दुईजनाले दिएका छन्। नक्कली लाइसेन्सका लागि आवश्यक पर्ने उपकरण तथा मेशिन पनि यातयात कार्यलय परिसरभित्रै राख्ने गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको छ।
ट्राफिक प्रहरीले लाईसेन्स बनाउन प्रयोग गर्ने प्रिन्ट मेसिन र तयारी अवस्थाका दर्जनौ लाईसेन्स सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नक्कली लाईसेन्सबारे जानकारी दिंदै महाशाखा प्रमुख डिआईजी केशव अधिकारीले भने,' यातायातका कर्मचारीकै मिलेमतोमा लाईसेन्स बनाउने गरेको सूचना हामीले पाएका छौं।'
पक्राउ पर्नेमा श्यामकृष्ण डंगोल र कुसुन्तीका रमेश नापित छन्। उनीहरूले कृष्ण मुरारी नाममा व्यक्तिको प्रत्यक्ष संलग्नतामा लाईसेन्स बिक्री गर्ने ग्राहक खोज्ने कार्य गर्दै आएका थिए। ट्राफिक प्रहरीले डंगोल र नापितकै बयानबाट नक्कली लाईसेन्स बनाउन यातायातका कर्मचारीको मिलेमतो रहेको सूचना पाएको हो।
मुरारीले नै यातायातका कर्मचारीबाट लाईसेन्स बनाउन आवश्यक पर्ने टाईप गर्न मात्रै बाँकी भएको कटिङ गरेको कार्ड र हलोग्राम स्टिकर ल्याउने गरेको बयान डंगोल र नापितको छ। ' मुरारी दाईले नै यातायातका कर्मचारीलाई पनि पैसा बुझाउनुपर्छ भन्नु भएको थियो, हामीले टाईप गर्ने र ग्राहक खोज्ने काम मात्रै गरेका हौं, डंगोलले पत्रकार सम्मेलनमा भने।
नक्कली लाईसेन्समा टाईप र स्टिकर टाँसेपछ छाप भने यातायात कार्यालयमै गएर हान्ने गरेको बयान समेत उनीहरूको छ। 'यो गिरोहमा ठूलै माफिया लागेको हाम्रो निश्कर्ष छ, मुरारी पक्राउ परेपछि थप रहस्य बाहिर आउँछ,' डिआईजी अधिकारीले भने। ट्राफिक प्रहरीले बरामद गरेका अधिकांश लाईसेन्समा समुह ' बि' चारपाँग्रे सवारीसाधनमा चिन्ह लगाएको पाईएको छ।
लाईसेन्स बनाउने गिरोहले यातायातका कर्मचारीको मिलेमतोमा मृतक व्यक्ति र खारेज भइसकेका लाईसेन्स नम्बर ल्याएर लाईसेन्स बनाउने गरेको अनुसन्धानबाट खुलेको छ। डिआईजी अधिकारीका अनुसार नविकरण गर्दा बुझाउनुपर्ने सक्कली लाइसेन्सको स्टिकर समेत निकाली नक्कली लाइसेन्समा प्रयोग गर्ने गरेको पाइएको छ।
ट्राफिक प्रहरीले नापित र डंगोलबाट प्रिन्टर, लाईसेन्स बनाउन प्रयोग हुने ५२ वटा खाली कार्ड, छाप, दस्तखत र फोटो भएका ३५ वटा कार्ड, विवरण भरिएको ११ वटा कार्ड, ३१ वटा विभिन्न व्यक्तिका नागरिकता, लाईसेन्स र बयोडाटा, तीन वटा स्टिकर, कैंची, स्टेपलर र हस्ताक्षर गर्न प्रयोग हुने रातो जेलपेन समेत बरामद गरेको छ। यो
गिरोहले दैनिक १२ वटा लाइसेन्स १५ देखि २० हजार रूपैंयामा बिक्री गर्दै आएको महाशाखाले जनाएको छ। 'विशेषगरी विदेश जाने व्यक्तिहरू यो गिरोहका ग्राहक रहेछन्, जस्ले हतारमा जति पनि पैसा तिर्न तयार हुन्छ, डिआईजी अधिकारीले भने। उनले यो घटनाले उपत्यका लागयतका जिल्लामा नककली लाईसेन्सको अवस्थाबारे सचित्र चित्रण गरेको बताए।
महाशाखाले पक्राउ परेका नापित र डंगोललाई थप कारबाही गर्न महानगरीय प्रहरी परिसर हनुमानढोका बुझाएको छ। यातायात कार्यालय एकान्तकुनाका प्रमुख लक्ष्मण विक्रम थापाले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए। ' मैले तपाइँले भनेपछि मात्रै थाहापाएँ, ट्राफिक प्रहरीको अनुसन्धानबाट पनि केही कुरा खुल्ला, मैले प्रक्रियागत ढंगबाट जानकारी पाएपछि आन्तरिक छानविन गर्छु,' थापाले अन्नपूर्णसँग भने।

###
0 comments
Write Down Your Responses