नेपाल परिवारको लोभलाग्दो च्याउ खेती
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
बिराटनगर , फागुन ११– ठुलै धन कमाउने र सुखसाथ जीबन बिताउने  सपना बोकेर वैदेशिक रोजगारका लागि दुवईमा १४ महिना विताएर फर्कीएका मोरङ्ग सिसवनी बडहराका युवा सरोज नेपालले यतिवेला खुसी र आनन्दित देखिन्छन् । बिदेशबाट घर फर्किए पछि आफ्नै बाबुको पूख्र्यौली जमीनमा च्याउ खेती सुरु गरेपछि हाल उनि खुसी र आनन्दीत देखिएका हुन् ।
हुन त वैदेशिक रोजगारीका सिलसिलामा पनि उनको कमाई कम्ता थिएन , तर, स्वदेशमै केहि गरौं भन्ने उद्देश्यसहित स्वदेश फर्किएका  उनले अहिले उदाहरणीय काम गरेका हुन् ।नेपाल परिवार
करीब ४ कटठा जमिनमा सुरु गरेको च्याउ खेतिमा उनलाई परिवारका सदस्यहरुले समेत सघाउँदै आएका छन् । जसका कारण उल्लेख्य आम्दानी मिलेको छ भने नेपाल परिवारलाई रोजगारी घरमै मिलेको छ ।
तिन लाखको लगानीबाट सुरु गरेको च्याउ खेतीले यतिवेला नेपाल परिवारका सबै सदस्य भ्याइ न भ्याइ बनेका छन् । नेपालका बाबु सन्तोष नेपाल , आमा लिलादेवी भाईहरु सुरज जीवन र बहिनी सुष्मा समेत अहिले च्याउखेतीमा ब्यस्त देखिएका छन् ।
सुरुमा केही झण्झट देखीएपनी हाल घरमै बसेर महिनाको ५ लाख सम्मको कारोवार हुने गरेको च्याउ खेतीका सञ्चालन मोरङ्ग सिसवनी वडहराका सरोजका बाबु सन्तोष बताउँछन् ।
परिवारका सवै नै लागेर गरिदै आएको च्याउखेतीबाट सरोजले सरदर एक दिनमा ९० केजीसम्म च्याउ टिपेर बजार पु¥याउँदै आएको र सरदर महिनामा १५ सय केजीसम्म च्याउँ टिपेर धरान इटहरी ,बिराटनगर लगायतका बजारहरुमा च्याउ विक्री गर्ने गरेको नेपाल परवारले बताएका छन् ।
यती मात्र नभएर सरोजले भारतबाट आयात गरिदै आएको च्याउको विउ विस्थापित गरेर नेपाली किसानहरुले उत्पादन गरेको च्याउको बीउ नै गुणस्तरीय र विस्वसनीय छ भन्ने उदाहरण समेत प्रस्तुत गरेका छन ।
बैदेशिक रोजगारका लोभलाग्दो काम छाडेर गाउँमा फर्किएका सरोजले आफ्नो मिहेनत ज्ञानका प्रयोग गर्दै उत्पादन गरेको च्याउका बीउ गाउँघरमा रहेका स्थानीय युवाहरुलाई बिक्री गरी च्याउ खेती तर्फ आकर्षीत गराउन थालेका समेत थालेका छन् ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z