लौरोले हानेर वृद्ध जोगीको हत्या
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
राजविराज : सप्तरीको कञ्चनरुप बजारमा एकजना वद्ध जोगीको आइतबार राति हत्या भएको छ । कञ्चनरुप नपा–५ स्थित सडकको पुलमा ७० वर्षीय जोगी जोखन खंग मण्डललाई बाँसको लौरोले हानेर हत्या गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
सप्तरीको त्रिकोल गाविस–१ घर भएका जोगी लामो समयदेखि भिक्षा माग्दै गुजारा गर्दथे । हत्याको अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक उमेश लम्सालले बताए ।
शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सोमबार पोष्टमार्टम भएको मृतकका भान्जा परमेश्वर मण्डल ( शंकर) ले बताए ।

###
0 comments
Write Down Your Responses