केजरिवालले फेरि राजीनामा दिए
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
नयाँ दिल्ली–आम आदमी पार्टी (आप) का संयोजक एवं दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले पार्टी संयोजक पदबाट राजीनामा दिएका छन्। केजरिवाल बिरामी परेपछि बेङ्ग्लोरमा उपचार गराइरहेका छन्। बुधबार दिल्लीमा सुरु भएको राष्ट्रिय कार्यकारिणीको बैठकमा राजीनामा स्विकृत गर्ने नगर्ने विषयमा निर्णय हुने भारतीय संचारमाध्यमले जनाएका छन्।
सो बैठकले योगेन्द्र यादव र प्रशान्त भूषणका विषयमा पनि फैसला गर्ने बताइएको छ ।
केजरिवालले करिब एक हप्ता पहिला २६ फेब्रुअरीमा पार्टी संयोजक पदबाट राजीनामा दिएको पत्र पार्टीलाई पठाएका थिए। उनको राजीनामा माथि कुनै निर्णय भएको थिएन। पहिलाको निर्णय कार्यान्वयन नभएको अवस्थामा केजरिवालले फेरि पत्र लेखेर संयोजक पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय कार्यकारिणी बैठकमा केजरिवालबाहेक २० सदस्यलाई यस विषयमा भोटिङमार्फत् निर्णय लिने अधिकार छ।
केजरिवालले मुख्य मन्त्री भएपछि प्रशासकी कार्यकमा आफ्नो व्यस्तता बढेको र आफू पुरै समय दिल्लीबासीका लागि दिनुपर्ने भएकाले पार्टी संयोजक पदबाट राजीनामा दिएको बताएका छन्। उनले पार्टीलाई समय दिन नसकेपछि राजीनामा दिएको बताए।
केजरिवाललाई राष्ट्रिय संयोजक पदबाट हटाउन षडयन्त्र रचेको आरोप खेपिरहेका योगेन्द्र यादवले केजरिवालको राजीनामा कुनै नयाँ कुरा नभएको प्रतिक्रिया दिए। 'यो कुनै नयाँ कुरा होइन,' उनले भने,' केजरिवालले यो भन्दा पहिला पनि आफ्नो व्यस्तताको कारण राजीनामा दिइसक्नु भएको छ। अन्तिम फैसला राष्ट्रिय कार्यकारिणी बैठकले गर्छ ।' उनले आफ्नो इच्छा केजरिवालले नै संयोजकको पद सम्हालुन भन्ने रहेको दाबी गरे।
आप नेता आशुतोषले केजरिवालको व्यस्तता र स्वास्थ्यका पहिला नै राजीनामा दिएको बताए

###

0 comments
Write Down Your Responses