मलेसियाबाट हरेक दिन ३ देखि ६ वटा शव नेपाल भित्रिन्छन्
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सांकृतिक र प्राकृतिक रूपले देश धनी भएपनि अस्थिर राजनीतिक कारणले गर्दा यसको प्रयोग गर्न पाएका छैनौं। त्यसैको वाध्यता हो, विदेशको रोजगार। जसका कारण दिनमा कम्तिमा ३ वटा लास भित्रिन्छन् नेपालमा। र, हामी विदेशमा रहेकाहरु साथीको मृत्युमा रुनु वाहेकको विकल्छ हुन्न।
स्वर्गभूमि भनेर संसारमा चिनिन्छ। भगवान गौतम बुद्ध, पशुपति नाथ, स्वयम्भुदेखि लिएर संसारकै ठूलो सगरमाथा छ। जल, जंगल, जडिबुटी, खेतियोग्य जमिन, लगायत  विभिन्न किसिमका धातूका खानीहरू पनि हामीलाई प्रकृतिले उपहार दिएको छ।
यति उपहार  दिँदादिँदै पनि  हाम्रो असक्षमता, अदुरदर्शीता  र गलत नेतृत्वलाई समर्थन गरेको कारण हामी यी प्राकृतिक उपहारलाई सजिलो गरि सदुपयोग गर्न पाइरहेका छैनौ।
हामीहरु राजीतिक पार्टीहरुका घोडा बनीरहेका छौं। उनीहरु हामीलाई प्रयोग गर्छन्। रोजगारीका अवसर र सम्भावना हुँदाहुँदै हाम्रो देशको नेतृत्वले दलीय स्वार्थ र व्यक्तिगत स्वार्थबाट माथि उठन नसकै कारण करिब २ दशकदेखि हामी युवाहरुको पसिना विदेशमा वगीरहेको छ।
प्रत्येक दिन करिब १५ सय देखि २२ सय जना युवाहरु रोजगारको खोजीमा विदेश जान्छन।  देश विकासका खम्बा मानिने हाम्रो देशका करिब ३५ लाख युवाहरु बिदेशमा मजदुरी गरिरहेका छन्।
प्रत्येक दिन ३  देखि ६ जना सम्मका लाश नेपाल भित्रिन्छन्। पछिल्लो चार महिनाको अवधिमा १ सय ६६ जना नेपालीको शव नेपाल पठाइएको मलेशियास्थित नेपाली दूतावासले जनाएको थियो।
युवाहरुको मानसिक पिडा र जोखिमपूर्ण कामका कारण हजारौ युवा अपाङ्ग भएका छन्। बिदेशी साहुहरुले जनावरको जस्तै ब्यबहार गरेका कारण धेरै युवाहरुले आत्म हत्या गर्न प्रयास समेत गरिरहेका छन्। यस्ता समस्याहरुलाई नजिकैवाट नियालिरहँदा पनि नेपाल सरकार नेपाली युवाहरुको पक्षमा बोल्दा सम्वन्ध विग्रने डरले गलत नियमहरुको  संशोधन गर्न तिर जोड दिएको छैन।
मलेसियामा सल्यान भल्चौर ५ का दिपक शाही आफ्नो बहिनीको उपचारको लागि करार सकिनुअगाबै  नेपाल जान्छु भन्दा कम्पनी ले ३ हजार ५ सय ७० रिंगेट तिर्नु पर्छ भन्यो तर पैसा तिरे पनि नेपाल फर्कन दिएन।
रेमिटेन्सले मात्रै देश विकास हुँदैन। गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालमा प्रतिदिन एक अर्ब ४८ करोड रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्रबैंकका अनुसार आर्थिक वर्ष २०७० र ७१ मा पाँच खर्ब ४३ अर्ब २९ करोड रेमिट्यान्स भित्रिएको थियो।
हाम्रो देशमा रेमिटेन्सको सही सदुपयोग भएकै छैन, उल्टै  त्यहि  पैसा भ्रस्टाचार भएको छ।  कहिले राजतन्त्रका नाममा, कहिले प्रजातन्त्रका नाममा त कहिले लोकतन्त्रका नाममा।
हाम्रै पसिनाले खाडी मुलुकहरुले विकासको पखेटा लगाइसकेका छन्। नेपाली लुछाचुडीको  राजनीति अब सहमतिको राजनीति बनोस, शान्ति सुरक्षाको प्रत्याभूति गर्न पाइयोस्। समयमै संबिधान बनेर युबाहरुको हकहित र रोजगारको व्यवस्था गरोस्, नेपाली युवा आफ्नै देशमा रमाउन चाहन्छन् बिदेशमा अपमानित भएर गुलाम बन्न चाहादैनन्।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z