सौन्दर्य सम्बन्धि उपयोगी सुझावहरु:
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
सौन्दर्य सम्बन्धि उपयोगी सुझावहरु:

मसुरोको दाल, दुध अथवा तर, अलिकति बेसार कागतीको रसको पेस्ट बनाएर अनुहार तथा शरीरको खुला स्थानहरुमा लगाउनुस र १५ मिनेट पछि पानीले पखाल्नुस् । यसको नियमित प्रयोगले छाला स्वस्थ्य र निरोगी हुनुका साथै चहकिलो र आकर्षक भएर जान्छ ।

- नरिवल पानी अनुहारमा लगाउनाले अनुहारका दागहरु हट्छन् ।
- महलाई छालाको सौर्न्दर्य रक्षकको रुपमा मानिन्छ । यसले छालाको प्राकृतिक सौर्न्दर्य रक्षा गर्नुका साथै छालाको लागि आवश्यक पौष्टिक तत्वहरुको पनि पूर्ति गर्छ । महमा कागतीको रस मिलाएर नुहाउनु भन्दा १५/२० मिनेट पूर्व लगाउनुस् ।
ग्लिसरिन, नरिवलको तेल र कागतीको रसको पेष्ट बनाएर नुहाउनु भन्दा आधा घण्टा पूर्व शरीर भरी लगाउनुस छाला कलिलो र चमिकलो हुन्छ ।
- राती सुत्नु भन्दा पूर्व आफ्नो मेकअप सफा गर्न नभुल्नुस । मेकअप नहटाउनाले छालाको स्वास्थ्य र सौन्दर्य माथि नराम्रो असर पर्छ ।
- नङ्ग सफा सुग्घर राख्नुस्, बढी औंठी लगाउने, दाँतले नङ्ग काट्ने, कपाल कन्याउने जस्ता बानीले नङ्ग र हातको सौर्न्दर्य बिग्रिन्छ ।
- चिन्ता, दुःख, रिस, घमण्ड जस्ता भावनाहरुले सौर्न्दर्य माथि सिधा प्रभाव पार्छ । तर्सथ यी कुराहरुबाट बच्ने प्रयास गर्नुस् ।
- ओठ चपाउने बानी नगर्नुस् ।
- हेयर स्टायलमा परिवर्तन गरी रहनुस् ।
- स्लीम बन्ने चक्करमा डायटिङ्ग आदि गर्दा स्वास्थ्य प्रति ध्यान पुर्‍याएर मात्र गर्नुस् । अन्यथा स्वास्थ्य र सौर्न्दर्य दुबै नष्ट हुन्छ ।
- कोल्ड ड्ङ्किको बढी प्रयोग पनि सौर्न्दर्यको लागि हानीकारक हुन्छ । तिर्खा मेट्न सादा पानी भन्दा उपयुक्त अरु केही हुँदैन ।
- चकलेट, बढी तेल मसला, बासी खाना आदि स्वास्थ्य र सौर्न्दर्यका दुश्मन हुन् ।
- आँवलाले कपाल धोएमा कपाल कालो हुन्छ र र्झन बन्द हुन्छ ।

- टाउकोमा कपाल नभएको ठाउँमा दिनको दुइ पटक लहसुनको रस लगाएर सुक्न दिनुस् । एक महिनासम्मको नियमित प्रयोगले नयाँ कपाल आउन थाल्नेछ ।
- यस्तै कपाल नभएको ठाउँमा प्याजको झोल नियमित रुपले लगाईरहने हो भने पनि कपाल आउन थाल्छ ।
###
,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z