निजी कम्पनीले नेपालमा पहिलोपटक इन्धन ल्यायो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
पेट्रोलिमेक्सले ल्यायो ४२ हजार लिटर हवाइ इन्धन
१७ मंसिर, काठमाडौं । नेपालमा पहिलोपटक निजी कम्पनीले ल्याएको पेट्रोलियम पदार्थ भित्रिएको छ । नेपाल आयल निगमसँग हवाइ इन्धन आपूर्तिको ठेक्का लिएको पेट्रोलिमेक्सले पहिलोपटक ब्यापारिक रुपमा हवाइ इन्धन नेपाल ल्याएको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।
petrolimexपहिलो पटक ४२ हजार लिटर इन्धन आएको पेट्रोलिमेक्सले जनाएको छ । तर, आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने इन्धनको परिमाण एकीन नभएको बताए ।
कम्पनीले भारतबाट जोर्डनको एक एयरलाइन्सको बिमानमा एयरलिफ्ट गरेर इन्धन ल्याएको हो । आयल निगमले पेट्रोलिमेक्सलाई हवाइ इन्धन आपूर्ति गर्ने ठेक्का दशैंअघि नै दिएको थियो ।
ठेक्का पाएको लामो समय भइसक्दा पनि कम्पनीले तेल नल्याएको भन्दै आलोचना समेत भएको थियो । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालेले प्रक्रिया मिचेर कार्यसम्पादन धरौटी समेत नराखी पेट्रोलिमेक्सलाई हवाइ इन्धनको ठेक्का दिएका थिए ।
पेट्रोलिमेक्सले अब दैनिक ३ वटा बिमानमार्फत ४ लाख लिटर इन्धन ल्याउन लागेको कम्पनीका कानुनी सल्लाहकार सुर्य बिमलीले बताए । अब पेट्रोलिमेक्सले नियमित रुपमा हवाइ इन्धन ल्याउनेछ ।
इथयोपियन एयरलाइन्सको बिमानबाट उसले एक खेपमा १ लाख ३० हजार लिटर लिटर इन्धन ल्याउने बिमलीले बताए । पहिलो चरणमा पेट्रोलिमेक्सले ३ हजार किलोलिटर हवाइ इन्धन ल्याउनेछ ।

###
0 comments
Write Down Your Responses