दुई हेलिकप्टर ठोक्किँदा फ्रान्सका तीन खेलाडीसहित १० जनाको मृत्यु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
अपडेटः
काठमाडौं, फाल्गुन २६ । उत्तरपश्चिम अर्जेन्टिनामा दुई हेलिकप्टर दुर्घटना हुँदा तीन फ्रेन्च खेलाडीसहित १० जनाको मृत्यु भएको छ ।
एक टेलिभिजन कार्यक्रमको छायांकनका क्रममा दुई हेलिकप्टर आपसमा जुधेर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । दुर्घटनामा फ्रान्सका ८ नागरिक तथा दुई अर्जेन्टाइनी पाइलटको मृत्यु भएको छ ।
दुर्घटनाको पुष्टि गर्दै फ्रान्सेली राष्ट्रपति कार्यालयले मृत्यु हुने फ्रान्सेली नागरिकमा ३ जना खेलाडी पनि रहेको जनाएको छ । जसमा दुईजना ओलम्पिक पदक विजेता खेलाडी छन् ।
पौडीतर्फकी ओलम्पिक च्याम्पियन क्यामेली मुफट, बक्सिङतर्फका ओलम्पिक कास्य पदकधारी खेलाडी अलेक्सि भास्टिन र याचिङ खेलाडी फ्लोरेन्स अर्थाउडले दुर्घटनामा ज्यान गुमाएका हुन् ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट ११ सय ७० किलोमिटर टाढाको भिला क्यास्टेली सहरमा एउटा बहुचर्चित टेलिभिजन रियालिटी शोको छायांकनको क्रममा उक्त दुर्घटना भएको हो । (एजेन्सी)

###
0 comments
Write Down Your Responses