‘सहचालकका कारण विमान दुर्घटना, सहचाललको नियत खराब’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र १२ । जर्मन वायुसेवा कम्पनी लुफ्थान्साको दुर्घटनाग्रस्त बजेट एअरलाइन्स जर्मनविङ्ग्सको विमान सहचालक (को–पाइलट)ले चलाएकै कारण दुर्घटना भएको खुलेको छ ।


सहचालकले जानीजानी ‘ककपिट’को ढोका थुनेर ककपिटमा चालक (पाइलट)लाई प्रवेश गर्न नदिएपछि विमान दुर्घटना भएको बताइएको छ ।

चालक नभएपछि विमान सह–चालकको नियन्त्रणमा रहेको र उनले विमान नष्ट गर्न चाहेको स्रोतलाई जनाउँदै बीबीसीले उल्लेख गरेको छ ।

सहचालकले विमानको उडान अनुगमन प्रणालीको ‘बटन प्रेस’ गरेको अनुसन्धानकर्ताको अनुमान छ ।

मंगलबार जर्मनविङ्सको सो विमान फ्रान्समा दुर्घटनामा विमानमा सवार सबै १ सय ५० जनाको मृत्यु भएको थियो । स्पेनको बार्सिलोनाबाट जर्मनीको डसलडर्फका लागि उडेको एअरबस ‘ए ३२०’ विमान फ्रान्सको दक्षिणी पर्वत श्रृंखलाको दुर्गम क्षेत्र आल्प्समा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका ६ सदस्य तथा १ सय ४४ यात्रु थिए । दुर्घटनास्थलबाट विमानको ‘ब्ल्याक बक्स’ फेला पारिएको छ ।

###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z