एसिड आक्रमणः कसरी भयो, के–के भयो ?, को हुन् पक्राउ परेका जीवन ? (भिडियोसहित)
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, चैत्र ६ । काठमाडौंको बसन्तपुरमा ट्युसन पढ्दै गरेका दुई किशोरीमाथि एसिड छ्याप्ने संदिग्ध आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दुई दिनअघि पक्राउ परेका अभियुक्त रामेछाप फुलासीका जीवन बिकलाई महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी शुक्रबार सार्वजनिक गरेको हो ।

अभियुक्त विक भने पत्रकार सम्मेलनकै क्रममा बेहोस भएका थिए । बेहोस भएलगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

एसिड प्रहार गरिएको २६ दिनपछि बिकलाई सार्वजनिक गरिएको हो । प्रहरीको टोलीले विहीबार राति ११ बजेतिर टोखा वडा नम्बर–६ स्थित उनी बस्दै आएको कोठाबाट पक्रेको जनाएको छ ।

बिकले गत फाल्गुन १० गते रामेछाप खनियापानी गाविस–८ घर भएकी १६ वर्षीया संगीता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि काठमाडौंको झोँछेस्थित ए प्लस ट्युसन सेन्टरमा एसिड छ्यापेका थिए ।

संगीताको परिवार र पीडक जीवन बिक २०६९ साल जेठदेखि झोंछेंको एउटै घरमा डेरा गरी बस्ने गरेको र जीवनले संगीतालाई टयुसन पढाइदिने गरेकोले सोक्रममा एकापसमा नजिक हुन पुगेको प्रहरीको भनाइ छ । करिब एक वर्षपछि दुबैबीच मनमुटाव भइ सम्बन्ध बिग्रेको र बदला लिन यो घटना गराइएको प्रहरीले जनाएको छ ।

‘अभियुक्त जीवनले एसिड प्रहार गर्ने कुत्सित मनसायले यस वर्षको आश्विन महिनामै एसिड संकलन गरेर राखेको तर प्लाष्टिकको बोतलमा सार्नेक्रममा पग्लेपछि फेरि दोस्रोपटक एसिड संकलन गरी कोठामा राखेको’ प्रहरी अनुसन्धानले देखाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारबाट घाइते संगीताको काठमाडौं मेडिकल कलेज सिनामंगल र सीमाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
###
, ,
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z