सौय उर्जाबाट चल्ने विमानको उडान सुरु
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं, फाल्गुन २५ । सौय उर्जाबाट चल्ने विमानले संयुक्त अरब इमेरेट्को अबुधावीबाट विश्व यात्राको रेकर्ड राख्ने उद्देश्यले उडान शुरु गरेको छ ।
सोलार इम्पल्स–२ नाम दिइएको सो विमान ओमानको पूर्वी मस्कट तर्फ लागेको बीबीसीले जनाएको छ ।
आगामी पांच महिना भित्र एउटा महादेशबाट अर्को महादेश पार गर्ने यस विमानले प्रशान्त र हिन्द महासागरको यात्रा समेत गर्ने बताइएको छ ।
एक सिटे विमानको नियन्त्रण एन्ड्री बोर्चस्बर्गले गरेका छन् भने उनलाई स्वीस बट्रान्डल पिकार्डले सघाएका छन् ।
यो विमान विश्वको विभिन्न भागमा मर्मतका लागि रोकिंदै अगाडि बढ्ने छ । २ दशमलब ३ टन तौल भएको विमानको पखेंटाको लम्बाई ७२ मिटर रहेको छ ।
जुन ७४७ जम्बो विमानको भन्दा लामो हो । रातको समयमा विमानले समुद्र पार गर्दा थप चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । एजेन्सी
###
आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस

0 comments

Write Down Your Responses

12z