निकुञ्जमा अत्याधुनिक एम सिक्स्टिन राइफल भेटियो
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं : नेपाली सेनाको टोलीले चितवन राष्ट्रिय निकुञ्जबाट साइलेन्सरसहितको अत्याधुनिक एम सिक्स्टिन ए वान राइफल बरामद गरेको छ ।
बरामद भएको सो हतियार नेपाली सेनाले समेत प्रयोगमा ल्याएको छैन । नेपाली सेनासँग सोही प्रकारको एम सिक्स्टिन ए टु राइफलमात्र रहेको छ ।
निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजंग गणको चप्परचुली पोष्टबाट आइतबार खटिएको टोलीले निकुञ्जको कठारा गाविसको कण्टेश्वरी सामुदायिक वनमा एक थान एम सिक्सिटन राइफल र त्यसमा लाग्ने म्याग्जिन तथा गोली बरामद गरेको हो ।
क्यामोफ्लाईज झोलामा राखेको अवस्थामा एक थान एम सिक्सिटन राइफल, सो मा लाग्ने म्याग्जिन र ५.५६ मिमि बालराउण्ड ४३ वटा फेला परेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बेवारिसे अवस्थामा बरामद राइफलबारेमा राष्ट्रिय निकुञ्ज प्रशासनले थप अनुसन्धान गरिरहेको नेपाली सेनाले जनाएको छ ।

###
0 comments
Write Down Your Responses