निःशुल्क शिक्षाका लागि जर्मनी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
##
काठमाडौं- जर्मनीमा आधारभूतदेखि उच्च तहसम्मकै शिक्षा निःशुल्क छ। निःशुल्क पढ्ने अवसरकै कारण त्यहाँ जान चाहने नेपाली विद्यार्थीको संख्या बढ्दो छ। विद्यार्थीको शैक्षिक उपलब्धिअनुसर पेसागत र सीपमूलक शिक्षाको व्यवस्था भएकाले नेपाली विद्यार्थीको आकर्षण जर्मनी बन्दै गएको छ।
यस वर्ष साउनदेखि पुस मसान्तसम्ममा जर्मनीका लागि २ सय २६ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नोअब्जेक्सन लेटर लिएका छन्। मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका उपसचिव नन्दलाल पौडेलका अनुसार राम्रो शैक्षिक योग्यता र पढ्ने मनसाय भएका विद्यार्थीका लागि जर्मनी उच्च शिक्षाको उत्तम गन्तव्य बन्दै गएको बताए। अधिकांशले स्नातकोत्तर स्तरको पूर्ण निःशुल्क शिक्षाका लागि मन्त्रालयबाट नोअब्जेक्सन लेटर लिएको उनले जनाए। जर्मन सरकारले विद्यार्थीको शैक्षिक उपलब्धिअनुसार शिक्षा प्रणालीको व्यवस्थासमेत गरेको छ।
'युरोपियन देशमा जर्मनी शैक्षिक र वातावरणीय हिसाबले नै निकै सुरक्षित गन्तव्य मानिँदै आएको छ,' उपसचिव पौडेलले नागरिकसँग भने, 'कमजोर विद्यार्थीलाई समेत स्तरअनुसार व्यावसायिक तालिम दिएर अघि बढ्ने शिक्षा प्रणाली जर्मनीमा छ। त्यही भएर जर्मन शिक्षालयले दक्ष र सक्षम जनशक्ति उत्पादन गर्छन्। कोही बेरोजगार हुँदैनन् तर हामीकहाँ साधारण शिक्षा प्रणालीमा जोड दिइएकाले स्नातकोत्तर उत्तीर्ण व्यक्ति पनि हातमा डिग्री लिएर भौंतारिरहेको अवस्था छ।'
जर्मनीमा निःशुल्क शिक्षा भएका कारण विद्यार्थीले आफैं वेबसाइटबाट विश्वविद्यालय, आफूले पढ्न चाहेको विषय, पाठ्यक्रम, वातावरणबारे राम्ररी बुझेर र भर्नाको सुनिश्चितता गरेर जाँदा सुरक्षित हुने उनको सुझाव छ।
जर्मनीमा विश्वकै उत्कृष्ट विश्वविद्यालय छन्। त्यहाँबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रले विश्वबजारमै मान्यता पाउने भएकाले पनि नेपाली विद्यार्थीले उच्च शिक्षाका लागि जर्मनी रोज्ने गरेको इस्टवेस्ट कलेज अफ इन्टरनेसनल एजुकेसनका प्रबन्ध निर्देशक कृष्णानाथले बताए।
विकिपिडियाका अनुसार जर्मनमा कुल ७४ विश्वविद्यालय छन्। जसमध्ये १३ जर्मन टेक्नोलोजी विश्वविद्यालय हुन्। जर्मन शिक्षा प्रणालीले इन्जिनियरिङ र प्राकृतिक विज्ञान विषयमा सञ्चालित विश्वविद्यालय शिक्षामा जोड दिएको छ। विश्वका २ सय ५० उत्कृष्ट विश्वविद्यालयमध्ये १७ वटा जर्मनमै रहेको विकिपिडियाले उल्लेख गरेको छ।
युरोपेली मापदण्डको शिक्षा क्षेत्रमा काम गर्ने शैक्षिक परामर्शदाताको छाता संगठन युरोपियन एजुकेसन काउन्सिल (इइसी) का अध्यक्षसमेत रहेका कृष्णानाथका अनुसार जर्मनी शिक्षाकोे मुख्य विशेषता नै प्राविधिक शिक्षामा जोड दिनु रहेकाले विद्यार्थीले हासिल गरेको सीपले उनीहरु विश्वबजारमै बिक्ने हुन्छन्।
जर्मनी हाइअर शिक्षा १३ वर्षको हुने भएकाले प्लसटु पास नेपाली विद्यार्थीले सोझै स्नताकमा भर्ना पाउँदैनन्। उनीहरुले एक वर्षको फाउन्डेसन कोर्ष अनिवार्य गर्नुपर्छ। 'शिक्षा पूर्ण निःशुल्क हुने भएकाले जर्मनीमा अध्ययन गर्ने विद्यार्थीलाई आर्थिक भार पर्दैन,' कृष्णानाथले भने, 'बरु विद्यार्थीले साताको २० घन्टा काम गरेको आर्थिक रकम जोगाउँछन्।'
निःशुल्क शिक्षा र पढाइसँगै कामसमेत गर्न पाउने व्यवस्थाले पनि नेपाली विद्यार्थी जर्मन शिक्षामा आकर्षित भइरहेको ग्रिन एप्पल इन्कर्पोरेसनका कविराज सिपखानले बताए। जर्मनीमा अध्ययनका लागि जाने विद्यार्थीले अनिवार्य रुपमा जर्मन भाषा नेपालबाटै सिकेर जानुपर्ने सुझाउँछन् सिपखान। व्यवस्थापन, स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, प्राकृतिक विज्ञानका विषय अध्ययन गर्न नेपाली विद्यार्थीले जर्मनी रोज्ने गरेका छन्। जर्मनीमा अंग्रेजी माध्यम र जर्मनी भाषाका माध्यमबाट शिक्षा उपलब्ध गराइन्छ।
'जर्मनीमा शिक्षण शुल्क लाग्दैन तर विश्वविद्यालयले स्टुडेन्ट वेलफेयर फन्डका लागि १ सयदेखि ७ सय युरो प्रतिसेमेस्टर उठाउने गरेका छन्,' सिपखानले नागरिकसँग भने, 'यो शुल्क विद्यार्थीकै भविष्यमा हुनसक्ने संकटबाट जोगाउनका लागि लाग्ने शुल्क हो।' उनले थपे, 'जर्मनीमा सबै सरकारी विश्वविद्यालय छन्। त्यहाँबाट उत्पादित डाक्टर, इन्जिनियरको विश्वबजारमै माग छ।'
जर्मनीको उत्तरी क्षेत्रमा १६, पश्चिमी क्षेत्रमा २१, पूर्वीक्षेत्रमा ११ र दक्षिणी क्षेत्रमा २१ वटा विश्वविद्यालय रहेको बागबजारस्थित आभा एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक डिल्लीराज धितालले जनाए। प्लसटु पास नेपाली विद्यार्थीले स्नातक स्तरमा अध्ययनका लागि जाने हो भने बि१ लेभलको जर्मनी भाषा परीक्षा अनिवार्य पास हुनुपर्ने उनले जनाए। नेपालस्थित जर्मन सरकारको मान्यताप्राप्त संस्था गोथेले जर्मनी भाषाको परीक्षा सञ्चालन गर्ने जिम्मेवारी पाएको छ।
एसएलसीपछि प्राविधिक र स्वास्थ्य विज्ञानका विषयमा तीनवर्षे डिप्लोमा गरेका विद्यार्थीले भने जर्मनीका विश्वविद्यालयमा सिधै स्नातक तहमा भर्ना पाउँछन्। स्नातकोत्तर तहमा नेपाली विद्यार्थी अंग्रेजी माध्यममा जाने गरेका छन्। यसका लागि विद्यार्थीले आइएलटिएस र टोफेल गरेर जानुपर्ने उनको भनाइ छ। 'जर्मनीमा भाषा नै मुख्य चुनौती हुने भएकाले विद्यार्थीले जर्मन भाषाको ज्ञान अनिवार्य लिएर जानुपर्छ,' निर्देशक धितालले भने, 'निःशुल्क र गुणस्तरीय शिक्षाका लागि जर्मनी विश्वमै प्रख्यात छ।' उनले थपे, 'प्राविधिक शिक्षाका लागि जर्मनी विश्वमै प्रख्यात भएकाले विद्यार्थीले हासिल गरेको ज्ञान र सीपले अन्तराष्ट्रियस्तरमै अवसर पाउँछन्।'
विद्यार्थीलाई निःशुल्क शैक्षिक परामर्श दिँदै आएका अल्टिमेट कन्सल्टेन्सी एन्ड एडभाइजरी नेटवर्कका कार्यकारी प्रमुख निराजन पन्तले पढ्ने मनसाय भएको र शैक्षिक योग्यता राम्रो भएको विद्यार्थीका लागि जर्मनीको भिसा लाग्ने बताए। निर्देशक पन्तका अनुसार विद्यार्थीको कागजात सही र विश्वविद्यालयको अफर लेटरको आधारमा जर्मन दूतावासले जर्मनकै बैंकमा पहिले खाता खेलिदिन्छ। यसका लागि विद्यार्थीले ८ हजार ५ सय युरो जम्मा गर्नुपर्छ। विद्यार्थीले स्वास्थ्य विमा अनिवार्य बुझाउनु पर्छ। साथै विश्वविद्यालयका अफर लेटर र सम्पूर्ण शैक्षिक प्रमाणपत्र बुझाएको ६–७ साताभित्र भिसा लाग्छ।
जर्मनी निःशुल्क शिक्षाका लागि आकर्षण मानिए पनि खानेबस्ने व्यवस्था विद्यार्थी आफैंले गर्नुपर्ने पन्त बताउँछन्। जर्मनीका ठूला सहर निकै महँगा छन्। पश्चिमी क्षेत्रका सहर खाने र बस्ने हिसाबमा महँगा हुने भएकाले विद्यार्थीले आफ्नो क्षमताअनुसारको स्थान छनोट गर्नुपर्ने उनको सुझाव छ।
'जर्मनीमा निःशुल्क शिक्षा भएकाले नेपाली विद्यार्थीले सरकारी विश्वविद्यालयमै अप्रोच गर्नुपर्छ,' पन्तले भने, 'सकेसम्म विद्यार्थीले आफैं विश्वविद्यालयको वेबसाइट सर्च गरेर विश्वविद्यालय, कोर्ष, पाठ्यक्रम, वातावरण, लोकेसन र विषयको भविष्यमा उपयोगिताबारे निश्चित भएर जानु सबैभन्दा राम्रो हुन्छ।'

###
0 comments
Write Down Your Responses